अनुदान लिएका २० हजारले अझै घर बनाएनन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १७, २०७४
|
|
५४ पटक हेरिएको
Shares
अनुदान लिएका २० हजारले अझै घर बनाएनन्

सारांश

  • नुवाकोट, १७ चैत , विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले घर निर्माण गरिरहेका छन् ।
  • जिल्ला आयोजना कार्यान्वय इकाइकाअनुसार प्रभावितमध्ये शुक्रबारसम्म ४४ हजार ४८५ परिवारले जग बसालेर घर निर्माण शुरु गरेका छन् ।
  • जिल्लाका ६९ हजार २८९ परिवार लाभग्राहीमध्ये सरकारी अनुदान प्रक्रियामा समावेश हुन प्राविधिक सहयोग लिएर घर निर्माण गर्ने लाभग्राहीको संख्या दुई तिहाइभन्दा बढी पुगेको इकाइ प्रमुख बिदुर खड्काले जानकारी दिनुभयो ।

नुवाकोट, १७ चैत , विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले घर निर्माण गरिरहेका छन् ।

जिल्ला आयोजना कार्यान्वय इकाइकाअनुसार प्रभावितमध्ये शुक्रबारसम्म ४४ हजार ४८५ परिवारले जग बसालेर घर निर्माण शुरु गरेका छन् । जिल्लाका ६९ हजार २८९ परिवार लाभग्राहीमध्ये सरकारी अनुदान प्रक्रियामा समावेश हुन प्राविधिक सहयोग लिएर घर निर्माण गर्ने लाभग्राहीको संख्या दुई तिहाइभन्दा बढी पुगेको इकाइ प्रमुख बिदुर खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार ४१ हजार २२५ परिवारले घरको जग तहसम्म निर्माण गरी दोस्रो किस्ता अनुदान लिन निवेदन दिएकामध्ये ४१ हजार ७९४ योग्य ठहरिएका छन् । “६४ हजार ५३ लाभग्राहीले भूकम्प प्रतिरोधात्मक आवास निर्माण गर्ने, सम्झौता गरी पहिलो किस्ताबापत रु ५० हजार अनुदान लिएका छन्”, उहाँले भन्नुभयो, “घर बनाउन भनी पहिलो किस्ता लिएकामध्ये अझै २० हजार परिवारले घर बनाउन शुरु गरेको देखिन्न ।”

पुनःनिर्माण प्राधिकरणले यही चैत मसान्तभित्र घरको जग तह निर्माण गर्नेलाई मात्र अनुदान उपलब्ध गराउने जनाएको छ । “सरकारी निर्णयका आधारमा रु २० हजार परिवार अनुदान सुविधाबाट बञ्चित हुनसक्ने जोखिम छ”, उहाँले भन्नुभयो ।

आवास निर्माणका लागि निर्माण सामग्री सहज नहुनु, दक्ष कामदारको अभाव, प्राविधिक जानकारी पाउन भन्झटिलो व्यवस्था, बजार क्षेत्रमा सडकले दायाँबायाँ ओगट्ने क्षेत्र स्पष्ट नहँुदा निजी आवास निर्माणमा अपेक्षाभन्दा ढिला भएको पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले बताउनुभयो ।

“एकचालीस हजार ७९४ परिवार दोस्रो किस्ता अनुदानका लागि सिफारिश भएका छन्”, गौडेलले भन्नुभयो, “आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ताका लागि पाँच हजार ४०८ परिवार मात्रै योग्य देखिएका छन् ।” सरकारी तथ्यांक अनुदान कूल लाभग्राहीमध्ये तोकिएको मापदण्डअनुसार दोस्रो किस्ता पाउने लाभग्राही ६५.१६ प्रतिशत छ भने तेस्रो किस्ता पाउने ८.४३ प्रतिशत मात्र छ । निर्माण सम्पन्न भएका १२ हजार ६५२ घरले तोकिएको मापदण्ड पूरा नगर्दा अनुदान सिफारिश रोकिएको इकाइले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नहरमा  बगिरहेको अवस्थामा एक युवतीको शव फेला
नहरमा बगिरहेको अवस्थामा एक युवतीको शव फेला
तीनमहिने ट्राफिक उज्यालो अभियान स् एक लाखलाई सचेतना
तीनमहिने ट्राफिक उज्यालो अभियान स् एक लाखलाई सचेतना
राष्ट्रिय फुटबल टोली पोखरातर्फ….
राष्ट्रिय फुटबल टोली पोखरातर्फ….
म बिरुद्द फेरि कुप्रचार सुरु भयो बामदेब गौतम ।
म बिरुद्द फेरि कुप्रचार सुरु भयो बामदेब गौतम ।
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान
महानगरपालिका द्वारा ज्येष्ठ नागरिकलाई स्याहार केन्द्र स्थापना !
महानगरपालिका द्वारा ज्येष्ठ नागरिकलाई स्याहार केन्द्र स्थापना !
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी
भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने
भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
जानिराखाैं : कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ?
जानिराखाैं : कार्यालयभित्र कर्मचारीकाे कस्ताे व्यवहार हुनुपर्छ ?