प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता हुँदैन : रावल
सारांश
- कैलाली, १७ चैत्र ।
- सत्तारुढ दल नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच चाँडोभन्दा चाँडो एकता हुने स्पष्ट पारेका छन् ।
- उनले छिटै एकीकरण हुने बताएपनि मिति भने उल्लेख नगरेका रावलले प्रधानमन्त्रीको भारत भ्रमण अघि भने पार्टी एकीकरण नहुने स्पष्ट पारेका छन् ।
कैलाली, १७ चैत्र । सत्तारुढ दल नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमाले र माओवादीबीच चाँडोभन्दा चाँडो एकता हुने स्पष्ट पारेका छन् ।
उनले छिटै एकीकरण हुने बताएपनि मिति भने उल्लेख नगरेका रावलले प्रधानमन्त्रीको भारत भ्रमण अघि भने पार्टी एकीकरण नहुने स्पष्ट पारेका छन् । शनिबार धनगढी बिमान स्थलमा पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष रावलले सो कुरा बताएका हुन् ।
दुबै पार्टीद्वारा गठीत समितिहरुले आ आफ्नो काम तीब्र गतिमा गरिरहेको र केही दिनमा पार्टीको उच्चस्तरीय प्रतिवेदन संयन्त्रमा बुझाएपछि पार्टी एकीकरण हुने रावलको भनाइ थियो ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Indu Timilshina
अघि पनि पछि पनि होला जस्तो छैन एकता यो सबै भ्रम मात्रै हो
Himalsangita Biplav
उहीँ होला भारतको आदेश कुरेको कि कसो मालिक।waiyat