हेर्नुस् गेष्टहाउसबाट कसरी पुग्छन् नेपाली किशोरी भारत! ५० हजारसम्ममा बेचिन्छन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
२० पटक हेरिएको
Shares
हेर्नुस् गेष्टहाउसबाट कसरी पुग्छन् नेपाली किशोरी भारत! ५० हजारसम्ममा बेचिन्छन्

सारांश

  • तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरका वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिन्छन् भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ ।
  • सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सार्वजनिक गरेको हो ।
  • एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको अध्ययनले नेपालबाट भारतमा किशोरीको तस्करी भयावह देखाएको हो ।

तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरका वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिन्छन्

भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सार्वजनिक गरेको हो ।

एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको अध्ययनले नेपालबाट भारतमा किशोरीको तस्करी भयावह देखाएको हो । तस्करीमा परेका नेपाली किशोरी दिल्ली, मुम्बई, कोलकातालगायत सहरका वेश्यालयमा भारु ५० हजारसम्ममा बेचिने गरेको एसएसबीको रिपोर्टलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले समाचार लेखेको छ ।

भारतमा हुने अधिकांश बालबालिका तथा महिला तस्करीको मुख्य स्रोत नेपाल नै बनेको छ । एसएसबीले जनाएअनुसार तस्करीमा परेका उनीहरूलाई वेश्यावृत्ति, घरेलु काम तथा अन्य प्रकारका शोषणयुक्त श्रममा जबर्जस्ती लगाइने गरेको छ । कतिपय अवस्थामा उनीहरूको शरीरका विभिन्न अंग निकालेर गैरकानुनी रूपमा बिक्री गर्ने गरेको डरलाग्दो तथ्यसमेत एसएसबीले प्रस्तुत गरेको छ ।

नेपालको महिला तथा समाज कल्याण मन्त्रालयको तथ्यांकअनुसार नेपालका २६ जिल्ला मानव तस्किरीको मुख्य निसानामा छन् । यही तथ्यांकलाई उद्धृत गर्दै एसएसबीले पहाडी क्षेत्र तथा दलित समुदायका महिला तथा बालबालिकाहरू मानव तस्करीको ठूलो जोखिममा परेको जनाएको छ । कथित माथिल्लो जातिमा पर्ने महिला तथा बालबालिकासमेत तस्करीमा पर्ने गरेको जानकारी एसएसबीले दिएको छ ।

दलालहरूले ९ देखि १६ वर्षसम्मका किशोरीलाई सीमा क्षेत्रका सहरहरूमा पुर्‍याउने र बसमा राखेर भारत पुर्‍याउने गर्छन् । किशोरीहरूलाई वेश्यालयसम्म पुर्‍याउन सीमाआसपास बस्ने व्यावसायिक दलालहरू सक्रिय हुन्छन् । उनीहरूले यो कामबापत भारु ६ हजारसम्म लिन्छन् । दिदी भनेर चिनिने महिला तस्करका अलावा आफ्नै परिवारका सदस्यहरूले समेत भूमिका खेल्ने गरेको एसएसबीले जनाएको छ । प्रहरीले सीमामा रोकेर सोधपुछ गर्दा आफ्नो वास्तविक उमेर लुकाउन किशोरीहरूलाई दलालले सिकाएका हुन्छन् ।

‘नेपाली किशोरीलाई गाउँबाट काठमाडौंसम्म लगिन्छ । काठमाडौंका गेस्टहाउस वा कार्पेट उद्योग पुर्‍याइन्छ । त्यहाँबाट नेपालका सीमा क्षेत्रका सहरमा पुर्‍याइन्छ र सीमा क्षेत्रबाटै दलालको हातमा उनीहरू बेचिन्छन् । किशोरीहरू खरिद गरेर दलालले बस वा रेलमा राखी मुम्बई, कोलकाता र दिल्ली पुर्‍याउँछन् अथवा अझ साना सहरमा समेत पुर्‍याएर वेश्यालयका मालिकसमक्ष भारु ५० हजारसम्ममा बिक्री गरिदिन्छन् । अधिकांश दलाल लोकल बस चढेर दिल्ली पुग्छन् भने मुम्बई पुग्नका लागि रेल प्रयोग गर्छन्,’ एसएसबीको अध्ययनमा उल्लेख छ ।

कतिपय वेश्यालय मालिकको राजनीतिक पहुँच हुने भएकाले उनीहरूलाई कानुनी दायरामा ल्याउन नसकिएको पनि एसएसबीले स्विकारेको छ । एसएसबीका अनुसार अंगे्रजी जुन महिनाको मध्य र अगस्ट महिनाको अत्यतिर वा सेप्टेम्बर महिनाको सुरुवाततिर ‘दिदी’ भनेर चिनिने महिला दलालहरू नेपाली गाउँहरूमा पुग्ने र भारत पुर्‍याउन किशोरी जम्मा गर्ने गरेको पनि एसएसबीले जनाएको छ ।

भारतीय सरकारको हालैको एक सर्वेक्षणलाई उद्धृत गर्दै एसएसबीले जनाएअनुसार व्यावसायिक यौन कामदारको रूपमा कार्यरत महिला तथा बालबालिकामध्ये ६० प्रतिशत अत्यन्त गरिब परिवारका छन् । (टाइम्स अफ इन्डियाको अनलाइन संस्करणबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू
काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू
धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
एम्बुलेन्स नआएपछि नुवाकोटबाट बाइक चलाएरै टेकु पुगे नुवाकोटका कोरोना संक्रमित
एम्बुलेन्स नआएपछि नुवाकोटबाट बाइक चलाएरै टेकु पुगे नुवाकोटका कोरोना संक्रमित
पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा
पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा
सुन तोलामा ७०० ले बढ्यो
सुन तोलामा ७०० ले बढ्यो
जाम बढेर हैरान भयो, ट्राफिक प्रहरीले टेर्दैन_मेयर शाक्य
जाम बढेर हैरान भयो, ट्राफिक प्रहरीले टेर्दैन_मेयर शाक्य
तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा
तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा
नेता शर्मा भन्छन् : कर्णाली सरकार यही रहन्छ तर सहभागिता बदलिन्छ
नेता शर्मा भन्छन् : कर्णाली सरकार यही रहन्छ तर सहभागिता बदलिन्छ
मृगौला प्रत्यारोपण गर्छु अनि ढुक्कले अझै ३ वर्ष सरकार चलाउँछुः ओली
मृगौला प्रत्यारोपण गर्छु अनि ढुक्कले अझै ३ वर्ष सरकार चलाउँछुः ओली

तपाईंले छुटाउनुभयो कि?