आठवटै वडामा काँग्रेस ;; तनहुँ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
१४३७ पटक हेरिएको
Shares
आठवटै वडामा काँग्रेस ;;  तनहुँ

सारांश

  • दमौली, ४ जेठ ।
  • स्थानीय तहको निर्वाचनमा ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठवटै वडामा काँग्रेसको प्यानल भारी मतले विजयी भएको छ ।
  • ऋषिङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले चार हजार ९४१ मत प्राप्त गरी विजयी भएका छन् ।

दमौली, ४ जेठ । स्थानीय तहको निर्वाचनमा ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठवटै वडामा काँग्रेसको प्यानल भारी मतले विजयी भएको छ ।

ऋषिङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले चार हजार ९४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भूपाल थापा मगरले दुई हजार ४८९ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकै गिनुमाया थापामगरले चार हजार ९४९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी मधुमाया श्रेष्ठले दुईहजार तीनसय ७७ मत प्राप्त गरेकी थिइन् ।

सो गाउँपालिका–१ देखि ८ सम्म वडाध्यक्षसहित सबै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो । सो गाउँपालिकामा विजयी भएका काँग्रेस कार्यकर्ताले विजय जुलुस मनाउँदै गाउँको परिक्रमा गरेका छन् ।

त्यस्तै, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गिरबहादुर थापा दुई हजार ५८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सन्तबहादुर केसीले दुई हजार २४२ मत प्राप्त गरेका थिए ।

यसैगरी, उपाध्यक्षमा काँग्रेसकी पुष्पादेवी श्रेष्ठले दुई हजार २९७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना अधिकारीले दुई हजार १६५ मत प्राप्त गरेकी थिइन् । त्यसरी नै बन्दिपुर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षका उम्मेदवार पूर्णसिंह थापा र उपाध्यक्षमा माओवादी केन्द्रका करुणा गुरुङ विजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे
निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे
चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डाेर्याउन चाहन्छु ।” -पुष्पकमल दाहाल ‘प्रचण्ड’
चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डाेर्याउन चाहन्छु ।” -पुष्पकमल दाहाल ‘प्रचण्ड’
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मैत्रीपूर्ण खेलमा चेल्सीको सहज जित
मैत्रीपूर्ण खेलमा चेल्सीको सहज जित
विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर
विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर
अख्तियारले अनुसन्धान गर्न किन नपाउने ?
अख्तियारले अनुसन्धान गर्न किन नपाउने ?
भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो
भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट: मनीषा कोइराला
सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट: मनीषा कोइराला
विरोधका नाममा धार्मिक द्वेष नफैलाऔं !
विरोधका नाममा धार्मिक द्वेष नफैलाऔं !

तपाईंले छुटाउनुभयो कि?