कसले बिर्सियो कांग्रेसको स्थापना दिवस!

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
कसले बिर्सियो कांग्रेसको स्थापना दिवस!

सारांश

  • काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना ।
  • ’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता-कार्यकर्ता अलमलमा परे ।
  • कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन ।

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना ।’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता-कार्यकर्ता अलमलमा परे । कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन ।

पार्टीका साधारण कार्यकर्ता मात्र होइन, अधिकांश केन्द्रीय सदस्य नै यसबारे अनभिज्ञप्राय थिए । कांग्रेसका एक केन्द्रीय सदस्यले सभापति देउवाको फेसबुक स्टाटस हेरेर मात्र पार्टी स्थापनाको मिति थाहा पाएको अन्नपूर्णसँग बताए । उनले भने, ‘पार्टीले कुनै औपचारिक कार्यक्रम गर्ने भए पो थाहा हुन्छ । पार्टीले नै वास्ता नगरेपछि हामीलाई पनि के चासो ।’

बीपी कोइरालाको नेतृत्वमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेस र सूवर्ण शम्शेर नेतृत्वको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गतेका दिन पार्टी एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘नेपाली कांग्रेस’ राखियो । उसो त कतिपय कांग्रेसी नेताले माघ १२ लाई पनि कांग्रेस स्थापना दिवसका रूपमा मनाउँछन् । २००३ साल माघ १२ र १३ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन कलकत्तामा भएको थियो । तर, पार्टीले भने चैत २७ गतेलाई नै स्थापना दिवस मान्दै आएको छ ।

कांग्रेस मंगलबार ६८ वर्ष पूरा गरी ७९ औं वर्षमा प्रवेश गरेको छ । देशको पुरानो र ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसले सुरुका दिनमा स्थापना दिवस मनाए पनि पछिल्ला दिनमा भने दिवस मनाउनुको औचित्य नै देख्न छाडेको छ ।

कम्युनिस्ट पार्टीले भने प्रत्येक वर्ष पार्टी स्थापना दिवस मनाउँदै आएका छन् । यसपटक दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले स्थापना दिवसकै दिन पारेर पार्टी एकीकरणको तयारी गरेका छन् । कांग्रेसमा स्थापना दिवस मनाउने प्रचलन विगतदेखि नै नभएका कारण यसतर्फ ध्यान नदिइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए । उनले भने, ‘कतिपय जिल्लामा स्थानीय कार्यसमितिले कार्यक्रम गर्छन्, पार्टीले नै औपचारिक रूपमा स्थापना दिवस मनाउने प्रचलन छैन ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

(https://mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन
संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन
रास्वपाको तत्काल प्रतिकार्य समूहप्रति प्रशासनको ध्यानाकर्षण
रास्वपाको तत्काल प्रतिकार्य समूहप्रति प्रशासनको ध्यानाकर्षण
काठमाण्डौलाई विकास हैन व्यवस्थापनको खाँचो छ
काठमाण्डौलाई विकास हैन व्यवस्थापनको खाँचो छ
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
चुनावमा लागि राजपा नेपालले राख्यो तीन शर्त, महतो भन्छन्-नत्र मधेसमा चुनाव हुन दिन्नौं
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव
विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!
मह संचार’ले ‘सत्रु गते’ बनाउने , दीपक-दीपादेखि पल शाह, प्रियंका कार्की, आँचल शर्माको , एउटै पर्दामा अभिनय!

तपाईंले छुटाउनुभयो कि?