जापानमा पहिरोले पुरिएर छ बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
जापानमा पहिरोले पुरिएर छ बेपत्ता

सारांश

  • टोकियो, २८ चैत ।
  •   दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् ।
  • उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन् ।

टोकियो, २८ चैत ।  दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन् ।
स्थानीय समयानुसार बुधबार बिहान ३.५० मा आएको पहिरोले याबाकैका तीन ओटा घरसमेत बगाएको स्थानीय अधिकारीहरु जनाएका छन् ।
पहिरोको बाटो आएर पुरिएको ठाउँबाट माटो हटाउन विभिन्न यन्त्रहरु मगाइएको उद्धार कार्यमा खटिएका स्थानीय अधिकारीहरुले बताएका छन् ।
सुरक्षाकर्मीहरुले पनि उद्धार तथा खोजीका लागि घटनास्थलमा सहयोग गरिरहेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?