यी दुई कुरा नभए एकता नगर्न वाइसिएलले दियो प्रचण्डलाई दवाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
२३ पटक हेरिएको
Shares
यी दुई कुरा नभए एकता नगर्न वाइसिएलले दियो प्रचण्डलाई दवाव

सारांश

  • काठमाडौं, २ बैशाख ।
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समर्थित युवाहरुको संगठन योंग कम्युनिष्ट लिग (वाइसिएल)ले मुख्य दुईवटा कुरा नभएमा पार्टी एकता नगर्न अध्यक्ष प्रचण्डलाई दवाव दिएको छ ।
  • वाइसिएलका इन्चार्ज मणि थापा र अध्यक्ष दीपशिखासहितको टोली अध्यक्ष प्रचण्डको निवासमा पुगेर त्यस्तो दवाव दिएको हो ।

काठमाडौं, २ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समर्थित युवाहरुको संगठन योंग कम्युनिष्ट लिग (वाइसिएल)ले मुख्य दुईवटा कुरा नभएमा पार्टी एकता नगर्न अध्यक्ष प्रचण्डलाई दवाव दिएको छ । वाइसिएलका इन्चार्ज मणि थापा र अध्यक्ष दीपशिखासहितको टोली अध्यक्ष प्रचण्डको निवासमा पुगेर त्यस्तो दवाव दिएको हो ।

वाइसिएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराख्ने र संगठनमा समान हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वलाई दवाव दिएको हो । वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा “दीपशिखा”ले पार्टी विधानमा जनयुद्ध उल्लेखै नगरेमा पार्टी एकताको औचित्य नहुने बताए । उनले संगठनात्मकरुपमा समान हैसियत नभएमा एकता स्वीकार नगर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको पनि बताए ।

जनयुद्ध र बराबर हैसियतमा सहमति भएमा मात्रै वैशाख ९ गते नै एकता तर त्यसमा सहमति नभएमा एकता पनि हुँदैन भनेर नेतृत्वलाई आफूहरुले भनेको दीपशिखाले बताए । “त्यस्तो एकता वाइसिएलले मान्दैन भनेका छौं”, दीपशिखाले थपे । प्रचण्डले पनि वाइसिएलको धारणा आम माओवादी नेता÷कार्यकर्ता र शुभेच्छुकहरुको पनि भावना हो भन्दै समानताको आधारमा र सम्मानजनक नै एकता हुने बताएको दीपशिखाले जानकारी दिए

एकीकृत पार्टीको अध्यक्ष दुईजना नराख्न पनि नेतृत्वको ध्यानाकर्षण गराइएको तर, त्यसलाई भने प्रचण्डले स्वीकार नगरेको बताइएको छ । जनयुद्ध शव्द र बराबरी हैसियतको कुरालाई अध्यक्ष प्रचण्डले स्वीकार गरे पनि दुई अध्यक्षात्मक प्रणालीको विषयमा भने सहमति भइसकेकाले अब परिवर्तन गर्नु हुँदैन भनेको बताइएको छ । प्रचण्डले एकताको अधिकतम पहल भइरहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Paudel Laxman

    Barabar haisiead ta vayako vayai maobadi ko 4000 kendriea sadsaya lai pani same post dina emale manla afno haisiead herera po kura garnu

    Comment Author

    Ananda Bajracharya

    हनुमानहरुलाई अगाडि लगाएर यो धोखेबाजी एकता नगर्ने खेल खेल्दैछ।

    Comment Author

    Shambhu Shah

    पैसा मा बिक्ने धेरै नेता हरु छन् जन चाहाना लाई बुझेर यक कदम पछी हटेर भयपनी पार्टी यकी करण गर्नु पर्छ दुबै नेता हरुले भन्ने चाहान्छन जनता ले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?