मेलमिलाप र भ्रातृत्वका लागि खेलकुद : सभामुख महरा
सारांश
- रोल्पा, ५ वैशाख , सभामुख कृष्णबहादुर महराले मेलमिलाप र भ्रातृत्वका लागि खेलकूद जरुरी रहेको बताउनु भएको छ ।
- रोल्पा नगरपालिकाले आयोजना गरेको मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै सभामुख महराले देशको विकास र सम्बृद्धिका लागि स्वस्थ र अनुशासित नागरिकको जरुरी रहेको बताउनुभयो ।
- यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल क्षेत्रका प्रतिभाहरु प्रस्फुटन हुने सभामुख महराले आशा व्यक्त गर्नुभयो ।
रोल्पा, ५ वैशाख , सभामुख कृष्णबहादुर महराले मेलमिलाप र भ्रातृत्वका लागि खेलकूद जरुरी रहेको बताउनु भएको छ ।
रोल्पा नगरपालिकाले आयोजना गरेको मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै सभामुख महराले देशको विकास र सम्बृद्धिका लागि स्वस्थ र अनुशासित नागरिकको जरुरी रहेको बताउनुभयो ।
यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल क्षेत्रका प्रतिभाहरु प्रस्फुटन हुने सभामुख महराले आशा व्यक्त गर्नुभयो ।
रोल्पा नगरपालिकाले वैशाख ५ देखि ८ गतेसम्म लिबाङमा सञ्चालन गर्न लागेको मेयर कप खेलकूद प्रतियोगिता उद्घाटन कार्यक्रममा ऊर्जा सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रतिनिधिसभा सदस्य जयपुरी घर्ती, राष्ट्रियसभा सदस्य राजकुमार कवर, प्रदेशसभा सदस्य दीपेन्द्र पुनलगायतको आतिथ्यता रहेको थियो ।
सभामुख महरा आजै परिवर्तन गाउँपालिका रोल्पाले रांसीमा आयोजना गरेको अध्यक्ष कप खेलकूद प्रतियोगिताको समेत उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया