यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
९२ पटक हेरिएको
Shares
यु १९ एसिया कप : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

सारांश

  • काठमाडौं, कात्तिक २६ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई हराएको छ ।
  • भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो ।
  • १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै अल आउट भयो ।

काठमाडौं, कात्तिक २६ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतलाई हराएको छ । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो ।

१८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए ।

यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाए । भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए ।

भारतका तनुस कोटियान, मन्दीप सिंह खाता नखोली आउट भए । भारतका लागि सर्वाधिक रन हिमान्सु रानाले ४६ रन बनाए । उनी सहाव आलमको बलमा क्याच आउट भए ।

त्यस्तै मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृट प्रदर्शन गरे । दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिनुका साथै ८८ रन बनाए  । नेपालका लागि सर्वाधिक दीपेन्द्र ऐरीले ४ विकेट, पवन सर्राफले २, सहाव आलम २, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १/१ विकेट लिए ।

नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल आउँदो मंगलबार मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् मन्त्रीपरिषदले गरेका २० वटा निर्णयहरू
यी हुन् मन्त्रीपरिषदले गरेका २० वटा निर्णयहरू
अब आकाशमै इन्टरनेट चलाउन पाइने
अब आकाशमै इन्टरनेट चलाउन पाइने
भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख
भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख
जहाँ अपराधीलाई देवता मानेर पूजा गरिन्छ
जहाँ अपराधीलाई देवता मानेर पूजा गरिन्छ
कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त
कर्णालीकी छोरी कमला र भुवन केसीका छोरा अनमोलको हुने भो भिडन्त
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल
बूढीगण्डकी आयोजना अघि बढाउन द्विविधा छैन : प्रधानमन्त्री दाहाल
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
एमाले र माओवादीका लागि उपेन्द्र यादव नै सत्तामा किन चाहिए ?- डा. सुरेश आचार्य
दीपक छेत्रि बचाऊँ अभियानलाई अन्तराष्ट्रीय नेपाली कलाकारको पहलमा  आर्थिक संकलन
दीपक छेत्रि बचाऊँ अभियानलाई अन्तराष्ट्रीय नेपाली कलाकारको पहलमा आर्थिक संकलन
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
कात्तिक २९ गते शुक्रबारको राशिफल यस्तो छ