सन्दीप लामिछाने पछि अर्का क्रिकेटर अन्तराष्ट्रिय लिगमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सन्दीप लामिछाने पछि अर्का क्रिकेटर अन्तराष्ट्रिय लिगमा

सारांश

  • काठमाडौँ, ६ वैशाख ।
  •   नेपालका चर्चित लेग स्पिनर  सन्दीप लामिछानेले आइपियल खेल्ने अवसर पाएर सनसनी मच्चाउन नपाउँदै नेपालकै अर्का एक क्रिकेटर पनि विदेशी भूमिमा आफ्नो क्षमता देखाउन उत्कृष्ट सफल भएका छन् ।
  • नेपाली युवा क्रिकेटर अनिलकुमार साहले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने भएका छन् ।

काठमाडौँ, ६ वैशाख ।  नेपालका चर्चित लेग स्पिनर  सन्दीप लामिछानेले आइपियल खेल्ने अवसर पाएर सनसनी मच्चाउन नपाउँदै नेपालकै अर्का एक क्रिकेटर पनि विदेशी भूमिमा आफ्नो क्षमता देखाउन उत्कृष्ट सफल भएका छन् ।

नेपाली युवा क्रिकेटर अनिलकुमार साहले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने भएका छन् । उनी क्रिमसनमा आवद्ध भएका हुन् । यो टिमको प्रशिक्षक पाकिस्तानका बिलाल ससद हुन् भने अमजाद महबुबको कप्तानीमा रहेको टिममा जिम्बाब्वेका ङरभा पनि छन् ।

प्रतियोगितामा तीन टिम छन्, जसले समूह चरणमा चार खेल खेल्नेछन् । १ मेमा एउटा टिमले दुई खेल खेल्नेछ । त्यसपछि हरेक दिन एक खेल हुनेछ र फाइनल मे ५ मा छ ।

यो प्रतियोगिता सिंगापुरको यू–१९ तथा केही सिनियर खेलाडीलाई लक्षित गरेर आयोजना गरिएको हो, जसले भोलि सिंगापुरको टिममा स्थान बनाउन सक्छन् । तर, जिम्बाब्वे, थाइल्याण्ड, इण्डोनेसियाका पनि केही खेलाडीले मौका पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?