कैलालीको नदी कटान र डुबान समास्या समाधान गर्छु– डा आरजु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
४८ पटक हेरिएको
Shares
कैलालीको नदी कटान र डुबान समास्या समाधान गर्छु– डा आरजु

सारांश

  • कैलाली १८ मंसिर,कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं काँग्रेस नेत्री डा आरजु राणा देउवाले कैलालीको नदी कटान र डुबान समस्याको दीर्घकालीन समाधानका लागि लागिपर्ने बताउनुभएको छ ।
  • नेपाल प्रेस युनियन कैलाली शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेत्री राणाले यहाँका विकासका चुनौती र सम्भावना बुझेर नै आफू चुनावी मैदानमा होमिएको बताउनुभयो ।
  • कैलालीमा ऐलानी पर्ती जग्गामा दशकौंदेखि बसेका जनताले पूर्जा नपाएको उल्लेख गर्दै उहाँले भन्नुभयो,–“गौरीफण्टा नाकाको स्तरबृद्धि, महिला सशक्तिकरण, सांस्कृतिक संग्रहलाय निर्माण, स्तरीय सडक विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलगायतका काम गर्नेछु ।

कैलाली १८ मंसिर,कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं काँग्रेस नेत्री डा आरजु राणा देउवाले कैलालीको नदी कटान र डुबान समस्याको दीर्घकालीन समाधानका लागि लागिपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलाली शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेत्री राणाले यहाँका विकासका चुनौती र सम्भावना बुझेर नै आफू चुनावी मैदानमा होमिएको बताउनुभयो ।

कैलालीमा ऐलानी पर्ती जग्गामा दशकौंदेखि बसेका जनताले पूर्जा नपाएको उल्लेख गर्दै उहाँले भन्नुभयो,–“गौरीफण्टा नाकाको स्तरबृद्धि, महिला सशक्तिकरण, सांस्कृतिक संग्रहलाय निर्माण, स्तरीय सडक विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलगायतका काम गर्नेछु ।”

विगतका विकास र निर्माणका कामलाई तीव्ररूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै नेत्री राणाले आगामी निर्वाचन लोकतन्त्र र साम्यवादबीचको जनमतसंग्रह भएकाले मतदातासंग लोकतन्त्रको संस्थागत विकासका लागि भोट हाल्न आग्रह गर्नुभयो ।

उहाँले कैलालीमा कृषि क्षेत्रको आधुनिक र व्यावसायिकताका लागि रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गर्दै गदरियामा कृषि क्याम्पस स्थापना गर्न पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नै पहलमा सेती अञ्चल अस्पताललाई ३०० श्ययाको बनाइ स्तरोन्नती गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य
नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य
कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः डा राणा
कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः डा राणा
र्इटहरीमा भिषण अागलागी
र्इटहरीमा भिषण अागलागी
एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त : नेता सिंह
एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त : नेता सिंह
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
काँग्रेसमा भिडन्त, मतदान हुँदै !
काँग्रेसमा भिडन्त, मतदान हुँदै !
गृहसचिव र प्रहरी महानिरीक्षकलाई आठ हजार नगदसहित सम्मान
गृहसचिव र प्रहरी महानिरीक्षकलाई आठ हजार नगदसहित सम्मान
भारतका महान् नेता गान्धी : १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे
भारतका महान् नेता गान्धी : १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
तुलसीपुर उपमहानगरका समस्या समाधानका लागि पहल गर्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता
म्यादी प्रहरीमा दोब्बरभन्दा बढीको निवेदन
म्यादी प्रहरीमा दोब्बरभन्दा बढीको निवेदन