‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
‘आत्महत्या’ रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता

सारांश

  • बैतडी, ९ वैशाख , यस जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ ।
  • यसमा महिला १२ र पुरुष १४ जना छन् ।
  • झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ ।

बैतडी, ९ वैशाख , यस जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ ।
यो अवधिमा २० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर देशत्याग गरेको प्रहरी तथ्याँकमा उल्लेख छ । आत्महत्या गर्ने १३–४५ वर्ष उमेर समूहका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पछिल्लो चार वर्षको तथ्याँकले आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखाउँछ ।
आर्थिक वर्ष २०७१÷७२ मा १६ जनाले आत्महत्या गरेकामा २०७२÷७३ मा २९ जनाले आत्महत्या गरेको देखिएको छ । यस्तै, आर्थिक वर्ष २०७३÷७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३६ पुगेको छ ।

मानवीय इच्छा र आँकाक्षाहरु अनगिन्ती हुने र ती पूरा नहुँदा निराश भएर आत्महत्याको बाटो रोज्ने विज्ञहरु बताउँछन् ।
बैतडीमा आत्महत्याको गर्नेको आँकडा डरलाग्दो रहेकाले यसलाई न्यून गर्न सचेतना कार्यक्रमको सञ्चालन गर्नुपर्ने आवश्यकता छ । आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
आत्महत्याको घटना कुनै एक व्यक्ति वा निकाय लागेर मात्र नियन्त्रणमा आउन नसक्ने र यसका लागि सबै पक्षको सहयोग चाहिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी बताउनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माका अनुसार जिल्लाका विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्न प्रहरी युनिटहरु खटाएइका छन् ।
आत्महत्याका घटना बढ्दै जानाको मुख्य कारण मानिसको व्यस्त जीवनशैली र तनावलाई मानिन्छ । तनावग्रस्त मानिसमा घोरिने, चिट्चिट पसिना आउने, बेलाबेलामा झस्किने, कसैसँग कुरा गर्न नचाहने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागुपदार्थ सेवन गर्नेलगायतका लक्षण देखा पर्छ । त्यस्ता व्यक्तिलाई समयमै सम्झाइबुझाई गर्नुपर्ने र एक्लै यताउति जान नदिने प्रहरीको सुझाव छ ।
यसका साथै प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवनको लत पनि आत्महत्याका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थी आत्महत्याको घटना कम गर्न विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने बताउनुहुन्छ । आत्महत्या एक रोग जस्तै गरी देखा पर्न थालेको उहाँको मूल्याँकन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’
दिल्लीबाटै प्रम ओलीले भने ‘प्रचण्ड र म बीच सुमधुर सम्बन्ध छ’
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन, सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्ने
ओली र प्रचण्डको संयुक्त पत्रकार सम्मेलन, सरकार गठनको विवादबारे धारणा सार्वजनिक गर्ने
सन्दर्भ चौथो संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक
सन्दर्भ चौथो संविधान दिवस : संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक
मान्लान त कट्टर राजतन्त्रबादी पूर्वराजाले ओलीको याे प्रस्तावलाई ?
मान्लान त कट्टर राजतन्त्रबादी पूर्वराजाले ओलीको याे प्रस्तावलाई ?
सचेतनाका लागि नागरिक सुनुवाइ
सचेतनाका लागि नागरिक सुनुवाइ
शक्ति कपुरकले छोरीलाई यो काम गर्न किन दिएनन् अनुमति ?
शक्ति कपुरकले छोरीलाई यो काम गर्न किन दिएनन् अनुमति ?
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा
मन्त्रिपरिषदमा वरीयता हेरफेर, पर्यटन मन्त्री पाण्डे बढुवा
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् एमालेले गरेका २० ग्यारेन्टी
एमालेको घोषणापत्र सार्वजनिक, यस्ता छन् एमालेले गरेका २० ग्यारेन्टी
एमाले–माओवादी केन्द्र एकताको दिन प्रकाश दाहाललाई सम्झिए दिपेशले
एमाले–माओवादी केन्द्र एकताको दिन प्रकाश दाहाललाई सम्झिए दिपेशले

तपाईंले छुटाउनुभयो कि?