ससुरालीबाट फर्कदै गरेका दम्पत्तिको दुर्घटनामा ज्यान गयो
सारांश
- उदयपुर बैशाख १२- पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापूर सडक खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा एक दम्पत्तीको ज्यान गएको छ ।
- धनकुटा देव्रेवास– ४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र उनकी ३३ वर्षीया श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले बताए ।
- पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ छ ८०१८ नम्वरको ट्रिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
उदयपुर बैशाख १२- पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापूर सडक खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा एक दम्पत्तीको ज्यान गएको छ । धनकुटा देव्रेवास– ४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र उनकी ३३ वर्षीया श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले बताए ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ७ छ ८०१८ नम्वरको ट्रिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कदै गरेका थिए । मृतक दम्पत्ती झापा पृथ्वीनगरबाट को१६प ४२०८ नम्वरको स्कुटरमा घर फर्कदै थिए । ओभरट्याक गर्ने क्रममा ट्रिपरले ठक्कर दिएको बताइएको छ । दुर्घटनामा सम्लग्न सवारीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको बताइएको छ ।
प्रतिक्रिया