लागुऔषध र हतियार सहित ७ जना पक्राउ
सारांश
- अस्बिन खडका, १३ वशाख ।
- मोरङ प्रहरीले लागुअाैषध र हतियार सहित सात जनालाइ पक्राउ गरेकाे छ ।
- वुधवार बिराटनगर महानगरपालिका वडा नं ४ स्थित नोबेल मेडिकल कलेज अगाडीको भारतीय नम्बर प्लेट भएका ३ वटा मोटर साईकलमा सवार ६ जना मानिसहरू र सोहि स्थानमा शंकित अवस्थामा घुमफिर तथा ओहरदोहर गरी रहेका १ गरी जम्मा ७ जना मानिसहरुलाइ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाच गर्दा अवैध लागु औषध सहित पक्राउ गरेकाे हाे ।
अस्बिन खडका, १३ वशाख । मोरङ प्रहरीले लागुअाैषध र हतियार सहित सात जनालाइ पक्राउ गरेकाे छ ।
वुधवार बिराटनगर महानगरपालिका वडा नं ४ स्थित नोबेल मेडिकल कलेज अगाडीको भारतीय नम्बर प्लेट भएका ३ वटा मोटर साईकलमा सवार ६ जना मानिसहरू र सोहि स्थानमा शंकित अवस्थामा घुमफिर तथा ओहरदोहर गरी रहेका १ गरी जम्मा ७ जना मानिसहरुलाइ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाच गर्दा अवैध लागु औषध सहित पक्राउ गरेकाे हाे ।
उनिहरूकाे साथबाट एभिल १७७५ एम्पुल , डाईजेलाभ ५०० ,स्पास्मो प्रोक्सिभन १७७६ चक्सी ,नाइट्रोसन ट्याब्लेट ७२५ ,लुपीजेसीक ५२५ ,फेनारागन १२५ ,डाइलेक्स डिसी १३ बोतल सहित BR 38 F 1228 न.को मोट्साइकल पनि बरामत गरेकाे छ ।
भारत बिहार अररिया जिल्ला फारबिसगंज २ बस्ने बर्ष ३० को प्रमोद भन्ने बिनोद यादवको शरीरको तलासी लिदा कम्बरको बाया साइडमा लुकाइ छिपाइ राखेको Made in USA लेखेको अटोमेटीक पेस्तोल थान १ प्रयोग हुने म्याग्जिन थान १ र सो म्याग्जिन भित्र गोली राउण्ड थान ६ बरामद गरी लागु औषध तथा हातहतियार खरखजना अन्तरगत म्याद थप भई थप अनुसन्धान भईरहेको बताइएकाे छ।
पक्राउ पर्नेमा भारत बिहार अररिया जिल्ला बतनाहा वार्ड नं ४ बस्ने बर्ष २४ को रोहित कुमार शर्मा , भारत बिहार अररिया जिल्ला फारबिसगंज वार्ड नं २ बस्ने बर्ष ३० को प्रमोद भन्ने बिनोद यादव , भारत बिहार अररिया जिल्ला मिल्की डुमरीया वार्ड नं ९ बस्ने बर्ष १८ को राजा कुमार यादव , भारत बिहार अररिया जिल्ला मिल्की डुमरीया वार्ड नं ९ बस्ने बर्ष २२ की निलम देवी यादव , भारत बिहार अररीया जिल्ला सिमराहा बस्ने बर्ष २६ को प्रकाश कुमार दास ,भारत बिहार अररिया जिल्ला रानीगंज बस्ने बर्ष ३३ को रन्जित कुमार शर्मा , भारत बिहार अररीया जिल्ला बरारभत नाजा वार्ड नं ७ बस्ने बर्ष ४० को सुरज नारायण यादव रहेका छन ।
उनिहरूकाे साथबाट मोवाईल सामसुङ कम्पनिको मोवाईल थान ४ Itel मोवाईल थान १ ३,माईक्रोम्याक्स मोबाईल थान १, नगद नेपाली नगद रू ८१,०००।– बरामद हतियार १Made In Made in USAलेखेको अटोमेतीक पेस्तोल थान १ २ त्यसमा प्रयोग हुने म्याग्जिन थान १ ३, म्याग्जिन भित्र गोली राउण्ड थान ६ बरामद गरेकाे छ ।
(Provigil)
प्रतिक्रिया