कञ्चनपुरमा चार दशकपछि ‘साउने डाेलाे’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
कञ्चनपुरमा चार दशकपछि ‘साउने डाेलाे’

सारांश

  • भीमदत्तनगर, ८ साउन ।
  • खासगरी कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायको लोपोन्मुख परम्परागत पिङ साउने डोलो देखिएको छ ।
  • कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘साउने डोला’ देखिएको हो ।

भीमदत्तनगर, ८ साउन । खासगरी कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायको लोपोन्मुख परम्परागत पिङ साउने डोलो देखिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘साउने डोला’ देखिएको हो ।

राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला यसरी पुराना परम्परा जगाउने कामलाई सकारात्मक रुपमा लिईएको छ । उक्त साउने डोलो पिङ चढेर परम्परागत गीत गाउनाले वर्षा हुने धार्मिक मान्यता रहेको छ ।

कञ्चनपुर र कैलालीमा मात्रै बसोबास गर्दै आएका राना थारु समुदायले परम्परागत रुपमा हरेक वर्ष साउन महिनाको पूर्णिमाको तीन दिन अगाडि तीज बनाउने गर्दछन् । सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना थामहिला वेषभूषासहित पुरानो गीत गाउन थालेपछि गाउँमा हेर्नेको भीड नै लागेको थियो ।

सोहीअनुसार १५७ परिवार राना थारुको बसोबास रहेको बागफाँटामा वडा सदस्य साहेब रानाको पहलमा तीज मनाइएको हो । भाइ र भतिजको दीर्घायुका लागि राना थारु समुदायका महिला वर्त बस्ने गरेको वडासदस्य रानाले बताए ।

“बिहान चोखो बसेर वर्त उपसना बस्छन् ।” उनले भने – “दिउँसो थारु परिवार सिमही, पुरी बनाएर पूजाअर्चना गर्छन् ।” त्यसका साथै गाउँमै पिङ ९साउने डोला० बनाएर महिला परम्परागत गीत गाउँदै डोलामा रमाउने परम्परा छ । तीजका लागि बस्तीमा तोकिएका नौकरले सबैलाई खबर गरेपछि सामूहिकरुपमा तीज मनाउने विषय तय हुन्छ ।

विसं २०३९ देखि बागफाँटामा राना समुदायको बसोबास रहेको बताउँदै रानाले गाउँमा झण्डै चार दशकपछि पिङ स्थापना गरेर परम्परागत तीज मनाइएको बताए । “तीज बिर्सजन हुँदा पिङ नदीमा बगाउने चलन छ ।” उहाँले भन्नुभयो– “पछिल्ला वर्षमा तीज मनाए पनि पिङ स्थापना गर्न भने छाडिसकेका छन् ।”

आफूले पनि पहिलो पटक पिङसहितको तीज मनाएको बताउँदै पिङबारे नयाँ पुस्तालाई पनि जानकारी भएको उनले बताए । यहाँका विभिन्न स्थानीय तहमा राना थारु समुदायको बसोबास रहे पनि उनीहरु तीज भने गाउँका भलमन्साको सुझावअनुसार फरक÷फरक दिन मनाउने गर्दछन् ।

गाउँमा भलमन्साले भनेअनुसार नै तीजको मिति तय गरेर मनाउने काम भइरहेको उनले बताए । परम्परागत पिङ भने लोप हुने अवस्थामा पुगेको छ
कञ्चनपुरमा थारु संग्रहालय स्थापना गरेर यहाँका थारु समुदायको संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने भनिए पनि त्यसको ठोस पहल हुन सकेको छैन । कञ्चनपुरको शंकरपुर, गञ्ज, कस्बा, पुरैना, जाइँ, देखतभुली, दैजी, भीमदत्तनगरपालिका र बेदकोटमा राना थारुको बसोबास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?