भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार

सारांश

  • रोल्पा, १७ वैशाख, भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।
  • रोल्पा नगरपालिका–९ ह्वामाका १३ वर्षीय दीपक डाँगी र सुवास डाँगीलाई इँटाभट्टामा श्रम गरिरहेको अवस्थामा बाल विकास समाज भक्तपुरको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।
  • पढ्ने उमेरका बालकले इँटाभट्टामा काम गरेको देखेपछि उद्धार गरी रोल्पा नगरपालिकाको रोहवरमा आफन्तको जिम्मा लगायौँ बाल विकास समाज भक्तपुरका बाल संरक्षण अधिकृत भरत थापाले भन्नुभयो ।

रोल्पा, १७ वैशाख, भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।

रोल्पा नगरपालिका–९ ह्वामाका १३ वर्षीय दीपक डाँगी र सुवास डाँगीलाई इँटाभट्टामा श्रम गरिरहेको अवस्थामा बाल विकास समाज भक्तपुरको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।

पढ्ने उमेरका बालकले इँटाभट्टामा काम गरेको देखेपछि उद्धार गरी रोल्पा नगरपालिकाको रोहवरमा आफन्तको जिम्मा लगायौँ बाल विकास समाज भक्तपुरका बाल संरक्षण अधिकृत भरत थापाले भन्नुभयो ।

बालश्रम गरिरहेका बालकलाई बाल विकास समाज भक्तपुरले उद्धार गरेसँगै आफूहरूको रोहवरमा बालकका अभिभावकलाई जिम्मा लगाइएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । बालक दीपकलाई बुबा गोपाल डाँगी र सुवासलाई आमा दिलपुरा डाँगीको जिम्मा लगाइदियौँ प्रमुख केसीले भन्नुभयो ।

गत चैतमा भएको कक्षा ४ को अन्तिम परीक्षा दिएका उनीहरू लहलहैमा इँटाभट्टा पुगेको बताइएको छ । बालकका दिदीहरू सोही इँटाभट्टामा काम गर्ने भएकाले उनीहरू पनि भागेर त्यहाँ पुगेको नगर प्रमुख केसीले बताउनुभयो । उद्धारसँगै उनीहरूलाई विद्यालय भर्ना गरिने बताइएको छ ।

विगतमा नगरपालिकाभित्रबाट इँटाभट्टामा जाने बालबालिकाको संख्या धेरै रहे पनि पछिल्ला दिनमा यो संख्या कम हुँदै गएको नगर प्रमुख पूर्ण केसीले बताउनुभयो । आर्थिक अभावका कारण इँटाभट्टामा जाने र साथीभाइको लहलहैमा भागेर इँटाभट्टामा जाने गरी दुईथरिका बालश्रमिक रहेका छन् ।

आर्थिक अभावका कारण इँटाभट्टामा बालश्रम गर्ने रोल्पाली बालबालिकाको संख्या ४०० बढी रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
माओवादी केन्द्रको विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुंगामुडा : आठ घाइते
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट
प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिृकतको भेट
मनाङको नेस्याङमा पनि एमालेको प्यानलै बिजयी
मनाङको नेस्याङमा पनि एमालेको प्यानलै बिजयी
प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको प्रष्टोक्ति
प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको प्रष्टोक्ति
नक्कली फेसबुक पेजले रक्षालाई सास्ती, अनेकौं भिडियो पोष्ट
नक्कली फेसबुक पेजले रक्षालाई सास्ती, अनेकौं भिडियो पोष्ट
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग
जनसङ्ख्याका आधारमा उम्मेदवारको व्यवस्था गर्न माग
यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर
यस्तो छ बिहीबारको विदेशी मुद्रा विनिमय दर

तपाईंले छुटाउनुभयो कि?