३३ किलो सुन प्रकरणले सुन तस्करीकै इतिहासमा सबैभन्दा बढी व्यक्ति एकैपटक पक्राउ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
३३ किलो सुन प्रकरणले सुन तस्करीकै इतिहासमा सबैभन्दा बढी व्यक्ति एकैपटक पक्राउ।

सारांश

  • काठमाडौं ।
  • १७ बैशाख, नेपालमा सुन तस्करी ४० को दशकदेखि नै भएको पाइन्छ ।
  • यसमा दरबारीयादेखि चर्चित नेताहरुको संग्लनता पनि बेलाबेला जोडिँदै आएको छ ।

काठमाडौं । १७ बैशाख,

नेपालमा सुन तस्करी ४० को दशकदेखि नै भएको पाइन्छ । यसमा दरबारीयादेखि चर्चित नेताहरुको संग्लनता पनि बेलाबेला जोडिँदै आएको छ । तर पुष्टि भएर कारबाही प्रभावशाली र उच्च तहका नेता कसैलाई पनि भएको छैन ।

२०४२ सालमा तत्कालीन चन्द्रबहादुर बुढा २२ किलो सुनसहित पक्राउ परे । उनी हङकङबाट नेपाल आउँदै थिए । त्यसअघि विमानस्थलमा भीआइपी, भीभीआइपीलाई चेकजाँच गरिने व्यवस्था थिएन । पक्राउ परेका बुढाले चुनावी खर्च टार्न सुन ल्याएको बयान दिएका थिए ।

२०४४ सालमा तत्कालीन अधिराजकुमार धिरेन्द्रका अंगरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरिक्षक डिबी लामा सुन तस्करीको अभियोगमा पक्राउ परे ।  २०५४ मंसिर २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध एक किलो सुनसहित कोरियन नागरिक जो कुन ह्वा र युन सोङ पक्राउ परे ।

यस्तै २०७४ मा केरुङ हुँदै काठमाडौं भित्रिएको ८८ किलो सुन पक्राउ पर्र्यो तर सुनका मालिक फेला परेनन् । २०७४ पुसमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर साढे ३३ किलो सुन पक्राउ पर्यो । यसमा पनि भरिया पक्राउ परे तर मालिक फेला परेनन् ।
नेपालमा सुन हवाईमार्गबाट दुवई र स्थलमार्गबाट केरुङ र तातोपानी हुँदै भित्रिने गरेको छ ।

प्रहरी अधिकारीका अनुसार २०५८ सालयता नेपालमा सुन तस्करी बढी भएको देखिन्छ । ०५८ यतामात्रै हालसम्म ३० पटक विभिन्न परिणामका सुन प्रहरी टोलीले बरामद गरिसकेको छ । विगतमा तस्करहरूले चीनको खासाबाट भित्रिने विभिन्न सामान र कपडाहरूमा लुकाएर नेपाल ल्याउने गरेको पाइएको थियो । २०७२ को भुकम्पपछि तातोपानी नाका पूर्णरुपमा बन्द छ । अहिले सुन तस्करले रसुवागढीको नाका प्रयोग गरिरहेको सुरक्षा अधिकारी बताउँछन् ।

३३ किलो सुन प्रकरणले सुन तस्करीकै इतिहासमा सबैभन्दा बढी व्यक्ति एकैपटक पक्राउ परेका छन् । यसमा नेपाल प्रहरीका बहालवाला एसपीदेखि पूर्वडीआईजीसम्म हिरासतमा छन भने प्रहरीका पूर्वउच्च अधिकारीतर्फ पनि अनुसन्धान सोझिएको छ ।
नेपालमा दैनिक कति सुन चाहिन्छ ?

नेपालमा दैनिक २० किलो सुन वैधानिक रुपमा आयात हुन्छ । तर सुनचाँदी व्यवसायीहरु भने पर्याप्त नभएको बताउँदै आएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार बिश्वकर्मा नेपालमा दैनिक सिजनमा ४० र अफसिजनमा २० किलो सुन आवश्यक पर्ने बताउँछन् ।

उनका अनुसार नेपालमा वार्षिक साढे २७ अर्बको सुन आयात हुने गरेको छ । आफुहरुले पटक–पटक राष्ट्र बैंक र सरकारलाई यो विषयमा सचेत गराएपनि मागको सुनवाई नभएको उनको भनाइ छ । उनका अनुसार राष्ट्र बैंकबाट खरिद गरेको सुनको प्रतिकिलो ४ लाख २० हजार कर तिर्नुपर्छ । दैनिक २० किलोभन्दा बढी हुने खपत सबैजसो तस्करीकै सुन भएको कतिपय व्यवसायी बताउँछन् ।

त्यसबाहेक अधिकांश सुन भारतीय बजारमा पुग्ने गरेको र तस्करीमा नेपालीलाई भारतीयले सहयोग गर्ने गरेको पाइएको अनुसन्धानमा सक्रिय प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सा ४ मा राजपाका लक्ष्मणलाल कर्ण झण्डै दोब्बर मतले अघि
पर्सा ४ मा राजपाका लक्ष्मणलाल कर्ण झण्डै दोब्बर मतले अघि
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
विप्लवका छोरा प्रकाश पक्राउ
विप्लवका छोरा प्रकाश पक्राउ
सर्वोच्चको मुख्य रजिष्ट्रारमा निरौलालाई नियुक्ति गर्ने तयारी
सर्वोच्चको मुख्य रजिष्ट्रारमा निरौलालाई नियुक्ति गर्ने तयारी
बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)
बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)
तिहारलाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयको अनुरोध
तिहारलाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयको अनुरोध
इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
इस्लाम धर्मावलम्बीहरुले बकर इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभाको बैठक आह्वान
प्रदेश प्रमुख शर्माद्वारा प्रदेशसभाको बैठक आह्वान
बुधबार सपथ लिदै सांसद भट्टराई
बुधबार सपथ लिदै सांसद भट्टराई
ओलीलाई तीन चौथाइ मत : पक्षमा २०८ मत, विपक्षमा ६०
ओलीलाई तीन चौथाइ मत : पक्षमा २०८ मत, विपक्षमा ६०

तपाईंले छुटाउनुभयो कि?