नेपालमाथि नाकाबन्दी गर्ने मोदीको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नेपालमाथि नाकाबन्दी गर्ने मोदीको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध

सारांश

  • काठमाडौं, १७ बैशाख ।
  • नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा संविधान जारी हुन नदिन, जारी भएको संविधान खारेज गराई राष्ट्रघाती संशोधन गराउनका लागि नाकाबन्दी गरेको बताएका छन् ।
  • त्यसकारण नरेन्द्र मोदी नेपाल आउँदा सरकारी वा गैरसरकारीस्तरमा गरिने उनको स्वागत राष्ट्रिय स्वाभिमानविरुद्ध हुने बताएका छन् ।

काठमाडौं, १७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा संविधान जारी हुन नदिन, जारी भएको संविधान खारेज गराई राष्ट्रघाती संशोधन गराउनका लागि नाकाबन्दी गरेको बताएका छन् । त्यसकारण नरेन्द्र मोदी नेपाल आउँदा सरकारी वा गैरसरकारीस्तरमा गरिने उनको स्वागत राष्ट्रिय स्वाभिमानविरुद्ध हुने बताएका छन् ।

महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी भनेका छन्, “भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको समाचारप्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । हाम्रो पार्टीको यो स्पष्ट र दृढ मत छ कि उनलाई नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्धको कुरा हुनेछ ।” विज्ञप्तिमा नेपालको संविधानको निर्माणको बेलामा त्यसको निर्माण र जारी हुन नदिन मोदी सरकारले धेरै नै दवाव दिएको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, “संविधानलाई खारेज गराउन वा त्यसमा राष्ट्रघाती प्रकारका संशोधनहरु गराउन उनले नेपालका विरुद्ध नाकाबन्दी लगाउने काम गरेका थिए । नेपालमा तराईमा आफ्ना मुट्ठीभर पृथकतावादीहरुलाई उक्साएर तराईलाई नेपालबाट अलग गराउन वा राष्ट्रिय विखण्डनका लागि उक्साउने काम गरेका थिए । नेपालको संविधानविरुद्ध अन्तर्राष्ट्रिय अभियान नै चलाएका थिए ।”

विज्ञप्तिमा नेपालाई पूरै नै आफ्नो नियन्त्रणमा राख्नका लागि भारतीय शासक वर्गहरुले चीनसितको सम्बन्ध विस्तारका सबै प्रयत्नहरुलाई रोक्नका लागि पूरै प्रयत्न गर्दै आएको बताउँदै नेपालको अन्य देशहरुसितको व्यापारलाई नियन्त्रित गर्न र नेपालमा आफ्नो एकलौटी बजार कायम गर्न त्यसले अहिलेसम्म पारवहन सन्धिलाई पनि अनुमोदन नगरेको विज्ञप्तिमा जनाइएको छ । मोदी सरकारका माथि उल्लिखित नीतिहरु सबै भारतीय विस्तारवादले लगातार नेपालप्रति अपनाउँदै आएको विस्तारवादी नीतिहरुको निरन्तरता भएको विज्ञप्तिमा जनाइएको छ ।

आफ्नो कट्टर हिन्दूवादी चरित्रका कारणले मोदी सरकारले नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि कैयौं प्रकारका षडयन्त्रहरु गर्दै आएको र राजतन्त्रको पुनस्र्थापनाका लागि राजावादीहरुलाई प्रोत्साहित गर्ने काम गरिरहेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । “ती उद्देश्यहरु पूरा गर्न नेपालका विभिन्न राजनीतिक पार्टीहरुलाई विभिन्न प्रलोभनहरु दिएर किन्ने वा दवाव दिने समेत काम गरिरहेका छन् । ती सबै नीतिहरुका पक्षमा वर्तमान सरकारलाई बढीभन्दा बढी उपयोग गर्ने प्रयत्न भइरहेको छ । वर्तमान नेपाल भ्रमणको उद्देश्य त्यस प्रकारको उद्देश्यद्वारा निर्देशित भएको कुरालाई बुझ्न गाह्रो पर्दैन”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा मोदी कुनै पनि अवस्थामा नेपालका मित्र होइनन् भन्दै उनको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्ध हुने उल्लेख छ । विज्ञप्तिमा सरकारी वा गैरसरकारी स्तरमा मोदीको स्वागत गर्ने कुनै पनि कार्यको कडा शब्दमा विरोध गर्न अपिल गरिएको छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Buddhiman Subba

    Nepali ko aatma samman ali kati pani chaina

    Comment Author

    Ajit Sharma

    धन्यवाद कमरेड हजुर जिवितै हुनु हुन्छ भन्ने समाचार प्रसारण भाे

    Comment Author

    Puran Chaudhary

    Aba nepal ra bharat ko simana ma wall lagaunu parcha.oli ji

    Comment Author

    Gb Chettri

    खै केगर्नेत हजुर पहरो शीत कुहिनो ठोकेर हुदोरहेन्छ तेस्मा पनि हाम्रा नेता सबै लम्पसार वादी छन आशीर्वाद मिदिकै चाहिएको छ अलिक कट्टर भएर खुट्टा टेक्दैनन्न यहि छ दुखद पक्ष्री।

    Comment Author

    Bijay Kc

    Good kuroo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको राजनीतिक प्रतिवेदनमा विवाद, विदेशी चलखेलको आरोप
नेकपाको राजनीतिक प्रतिवेदनमा विवाद, विदेशी चलखेलको आरोप
तातोपानी कुण्डमा १५ हजारले गरे स्नान, ४२ लाख आम्दानी
तातोपानी कुण्डमा १५ हजारले गरे स्नान, ४२ लाख आम्दानी
मेस्सीको बार्सिलोना उपाधि नजिक
मेस्सीको बार्सिलोना उपाधि नजिक
पोखरा प्रिमियर लिग अक्सन : कुन खेलाडी कतिमा अनुबन्ध भए ?
पोखरा प्रिमियर लिग अक्सन : कुन खेलाडी कतिमा अनुबन्ध भए ?
सप्तकोशी १ मा एमाले विजयी
सप्तकोशी १ मा एमाले विजयी
भ्रमण वर्षको पहिलो दिन झण्डाचुली चुचुरोमा फहरायो राष्ट्रिय झण्डा
भ्रमण वर्षको पहिलो दिन झण्डाचुली चुचुरोमा फहरायो राष्ट्रिय झण्डा
आजको मौसमः पाँच प्रदेशमा आंशिक बदली रहने
आजको मौसमः पाँच प्रदेशमा आंशिक बदली रहने
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
हेलिकोप्टर दुर्घटना: एक यात्री उछिट्टिए, बाँचे र सेनासँग फोन सम्पर्कमा आए
हेलिकोप्टर दुर्घटना: एक यात्री उछिट्टिए, बाँचे र सेनासँग फोन सम्पर्कमा आए
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?

तपाईंले छुटाउनुभयो कि?