सिन्डिकेटधारी व्यवसायीको नाटक !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
४७ पटक हेरिएको
Shares
सिन्डिकेटधारी व्यवसायीको नाटक !

सारांश

  • काठमाडौं, २१ बैशाख ।
  •   यातायात व्यवसायीहरुले पूर्व योजनाअनुसार शुक्रबार सार्वजनिक यातायात ठप्प पारेका छन् ।
  • लामो दुरीका यातायात बिहिबारदेखि नै बन्द गरेका व्यवसायीले शुक्रबार देशभरका यातायात ठप्प पारे ।

काठमाडौं, २१ बैशाख ।  यातायात व्यवसायीहरुले पूर्व योजनाअनुसार शुक्रबार सार्वजनिक यातायात ठप्प पारेका छन् ।

लामो दुरीका यातायात बिहिबारदेखि नै बन्द गरेका व्यवसायीले शुक्रबार देशभरका यातायात ठप्प पारे । सडकमा सार्वजनिक यातायात ठप्प पर्दा लामो दुरीका चर्को मारमा परे । राजधानी उपत्यकामा भने बन्दको आंशिक प्रभाव परेको छ । खासगरी शहरी क्षेत्रमा निजी सवारीले साधनले लिफ्ट दिँदा यात्रामा साह्रै असहज अवस्था भने देखिएको छैन ।

सिन्डिकेट तोड्ने अठोट लिएको सरकार र सिन्डकेटधारी व्यवसायीबीच झण्डै २ महिनादेखिको ‘शीतयुद्ध’ भने शुक्रवार पनि जारी छ । शुक्रवार सडकमा सार्वजनिक यातायात नचल्दा सरकारले सञ्चारमाध्यममा सिण्डिकेट तोडेरै छोड्ने अभिव्यक्ति दिन छाडेको छैन, भने व्यवसायीहरुले पनि सरकारले हाम्रो भनेको मान्नै पर्ने अभिव्यक्ति दिइरहेका छन् ।

झण्डै दुई महिना देखिको यी अभिव्यक्तिमा शुक्रबारको अवस्था हेर्दा व्यवसायी नै हाबी देखिएका छन् । सरकारले अरनिको राजमार्गमा मयूर यातायातलाई रुट परमिट दिएपछि तोडफोडसहित सिन्डकेटको पक्षमा आन्दोलनमा उत्रिएका व्यवसायीविरुद्ध कडारूपमा प्रस्तुत भएको थियो ।

व्यवसायीले गाडी नचलाएर सरकारले थुतेरै भए पनि सरकारले चलाउने बताइरहेको थियो । सरकारले ल्याएको कार्यविधि गलत भएको र सरकारले रुट परमिट दिँदा आफूलाई सोध्नुपर्ने कुतर्क गर्दै व्यवसायीहरूले दादागिरी देखाएपछि गृहमन्त्री, गृहसचिवसहित सिंगो गृहमन्त्रालयले सिन्डिकेटधारीविरुद्ध कानूनअनुसार हदैसम्म जाने अभिव्यक्ति दिएका थिए ।

गृहमन्त्री रामबहादुर थापा बादलले पटक–पटक विभिन्न कार्यक्रममा व्यवसायीहरूले नियमितरूपमा सार्वजनिक यातायात नचलाए थुतेरै भए पनि यात्रुहरूलाई सेवा दिने बताइरहेका थिए । गृहसचिव प्रेमकुमार राईले पनि यातायातका साधन नचले गृह प्रशासनले कब्जामा लिएर चलाउने र यात्रुहरूलाई सुरक्षित तबरले गन्तब्यमा पुर्याउने दाबी पटक पटक गरेका थिए । यातायात व्यवस्था विभागले पनि सिण्डिकेट तोड्ने दाबी गरेका छन् ।

सरकारले यातायात समितिहरू नयाँ आर्थिक वर्षदेख नविकरण नगर्ने निर्णय गरिसकेको छ । अहिलेसम्म यातायात समितिहरू जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने हुँदा गृहमन्त्रालय मातहतमै चल्ने गरेका थिए । यातायात व्यवस्था विभागले सुपरिवेक्षण मात्र गर्ने गरेको थियो ।

सरकारले कम्पनीमा जानुपर्ने अनिवार्य व्यवस्था गरेपछि गुपचुप कम्पनी दर्ता गरिरहेका व्यवसायी दोहोरो चरित्र देखाउँदै आन्दोलनमा पनि उत्रिएका छन् ।

तर, शुक्रवार व्यवसायीहरुले सरकारी स्वामित्वमा रहेको गोगंबु बसपार्कमै ल्याएर गाडी थन्क्याउँदा सरकारले केही गर्न सकेको छैन । ‘सरकारले के गर्छ हेरौंं, भन्ने व्यवसायीको दादागिरीलाई दबाउन भन्दै बल्ल सरकारले आन्तरिक रणनीति तय गरिरहेको बताइरहेको छ ।

यातायात व्यवस्था विभागका अनुसार कुन यातायात के गर्दैछन् भन्ने तथ्यांक संकलन तथा सरकारले लिने एक्सनबारे बल्ल छलफल हुँदैछ । विभागले बल्ल रुट परमिट लिएका यातायातको विवरण संकलन कार्य शुरु गर्नेगरी तयारी जानकारी दिएको छ । यो अवस्था हेर्दा व्यवसायीहरु सरकारको नीति मान्न तयार छन् तर, आफ्नो दादागिरी देखाउन नाटकीय आन्दोलनमा लागेका हुन् ।

बेलैमा व्यवसायीबिरुद्ध रणनीति बनाउन सकेको भए शुक्रबार बन्द नहुने जानकारहरु बताउँछन् । व्यवसायीले घोषणा गरेका पूर्व आन्दोलनमा कार्यक्रम दबाउन अझै पनि सरकारले प्रभावकारी रणनीति बनाउन सके सरकारी प्रतिबद्धता पूरा हुन सहयोग पुग्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र कमल थापाको टाउको दुखाउँदै बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर!
प्रचण्ड र कमल थापाको टाउको दुखाउँदै बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर!
मदन–आश्रित स्मृति दिवस मा प्रचण्डले भने ‘पार्टी एकताको प्रस्ताव मैले राखेको थिएँ !
मदन–आश्रित स्मृति दिवस मा प्रचण्डले भने ‘पार्टी एकताको प्रस्ताव मैले राखेको थिएँ !
हेर्नुहोस् सन्ध्या पौडेलको ‘सेक्सी जवानी’
हेर्नुहोस् सन्ध्या पौडेलको ‘सेक्सी जवानी’
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
मिसन टि-ट्वान्टि वर्ल्डकप २०२०ः पहिलाे चरणकाे छनाेट खेलका लागि नेपाली टाेलि बन्द प्रशिक्षणमा !
सुस्त रहेको बजार अब सहज र चलायमान हुने
सुस्त रहेको बजार अब सहज र चलायमान हुने
तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक
तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ
‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ
पारस खड्काले छोडे राष्टिय क्रिकेट टिमको कप्तानी
पारस खड्काले छोडे राष्टिय क्रिकेट टिमको कप्तानी
पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ अध्यक्ष दाहाल
पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ अध्यक्ष दाहाल