कांग्रेसमा देउवाको सिन्डिकेट, कसले हटाउने ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
कांग्रेसमा देउवाको सिन्डिकेट, कसले हटाउने ?

सारांश

  • काठमाडाै,, २२ वैशाख ।
  •   कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादबीच शुक्रबार तीन पदाधिकारी मनोनयन गरेका छन्।
  • बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षीय सदस्यहरुले भने विधान र परम्पराको प्रश्न उठाउँदै मनोनयन प्रक्रिया बहिष्कार गरेका छन्।

काठमाडाै,, २२ वैशाख ।  कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादबीच शुक्रबार तीन पदाधिकारी मनोनयन गरेका छन्।

बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला पक्षीय सदस्यहरुले भने विधान र परम्पराको प्रश्न उठाउँदै मनोनयन प्रक्रिया बहिष्कार गरेका छन्।

विधान विपरित गठन भएका संसदीय समिति विघटन र केन्द्रीय कार्यसम्पादन समिति पुनर्गठन गर्ने घोषणा गरेलगत्तै देउवाले विधान संशोधन नै नगरी पदाधिकारी मनोनयन गरेपछि कांग्रेसभित्रको विवाद थप चुलिएको छ।

देउवाको कदमलाई अन्य नेताले सिन्डिकेटकाे रूप भनेका छन्।
कांग्रेस नेता प्रकाशमान सिंहले देउवाले गरेको निर्णय नमान्ने बताएका छन्। सिटौलाले भने पार्टी सभापति देउवाले पार्टी एकलौटी रुपमा कब्जा गर्ने बाटो समातेको भन्दै आपती जनाएका छन्।

पौडेल पक्षले बहिष्कार गरेको बैठकले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई नियुक्त गरेपछि विवाद चुलिएको छ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Bir Bahadur Kc

    १-२ वर्ष पछि अार्यघाट गैहाल्छ।काङ्ग्रेसमा सिन्दिकेत अतोमेतिक हतिहाल्छ।

    Comment Author

    Lokaraj Parajuli

    Desma yatayat sindiket hatxaki bhani xatlataune lut tantrama lageka haru xadaixan testai gulamharu ko bahulyeta rahirahanexa deuwa ko sindiket todine kunai xat dekhidaina.

    Comment Author

    Gb Chettri

    हो आफ्नो आङ्ग्मा भुइसी नदेख्ने अर्काको आङ्ग्मा जुम्रा आफू ऐना नहेर्ने अर्कालाइ काले सर्म लाग्दैन देप्पा बाजे।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?