विवाह भोजमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
विवाह भोजमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु

सारांश

  • अस्बिन खड्का,  २५ बैशाख ।
  • सप्तरीको शम्भुनाथ नगरपालिकामा गएराति छुरा प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ ।
  • मृत्यु हुनेमा शम्भुनाथ–७ भंगाहा निवासी नमोदास चौधरीका छोरा ३० वर्षीय अजय चौधरी रहेकाे बताइएकाे छ ।

अस्बिन खड्का,  २५ बैशाख । सप्तरीको शम्भुनाथ नगरपालिकामा गएराति छुरा प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा शम्भुनाथ–७ भंगाहा निवासी नमोदास चौधरीका छोरा ३० वर्षीय अजय चौधरी रहेकाे बताइएकाे छ ।
स्थानीय १९ वर्षीय आनन्द चौधरीले अजयलाई छुरा प्रहार गरेकाे प्रहरीले आशंका गरेको छ।

उनी फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरी ले जनाएको छ।
गाउँमै भएको विवाह भोजमा भेट भएका अजय र आनन्दको बीचमा राति विवाद भएको थियो। परिवारका सदस्यहरुले दुवैलाई घर लिएर गए पनि आनन्द घरबाट सुटुक्क निस्किएका थिए।

अजयको हत्या उनले नै गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन्। घटनाको थप अनुसन्धान र फरारको खोज तलास जारी गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?