घुस सहित ३ जना कर्मचारी रंगेहात पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
घुस सहित ३ जना कर्मचारी रंगेहात पक्राउ

सारांश

  • नेपालगञ्ज, २७ वैशाख -अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले नेपाल विद्युत् प्राधिकरणका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ ।
  • आयोगको बाँके कोहलपुरस्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार, प्राधिकरणका इलेक्ट्रिकल इञ्जिनियर निसारअहमद खान, इलेक्टिकल सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबीलाई सेवाग्राहीबाट १५ हजार रुपियाँ घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।
  • पक्राउ परेका तीनैजनाले सेवाग्राहीलाई मिटर जडान गरिदिने र नामसारी गरिदिने भनेर घुस माग गरेको बताइएको छ ।

नेपालगञ्ज, २७ वैशाख -अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले नेपाल विद्युत् प्राधिकरणका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ ।

आयोगको बाँके कोहलपुरस्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार, प्राधिकरणका इलेक्ट्रिकल इञ्जिनियर निसारअहमद खान, इलेक्टिकल सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबीलाई सेवाग्राहीबाट १५ हजार रुपियाँ घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनैजनाले सेवाग्राहीलाई मिटर जडान गरिदिने र नामसारी गरिदिने भनेर घुस माग गरेको बताइएको छ । तीनैजना कर्मचारी वितरण केन्द्रमा कार्यरत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?