बिक्रम श्री ले निर्माण गरेको लोगो छनाैट !
सारांश
- अस्विन खड्का, २८ बैशाख ।
- प्रदेश नम्बर १ को(लोगो) प्रतिक चिन्हको निर्माण सम्पन्न भएको छ ।
- सो प्रतिकचिन्ह पुर्वका प्रसिद्ध चित्रकार बिक्रम श्री ले निर्माण गरेका हुन ।
अस्विन खड्का, २८ बैशाख । प्रदेश नम्बर १ को(लोगो) प्रतिक चिन्हको निर्माण सम्पन्न भएको छ ।
सो प्रतिकचिन्ह पुर्वका प्रसिद्ध चित्रकार बिक्रम श्री ले निर्माण गरेका हुन । प्रदेश नं १ को (लोगो) बनाउने चित्रकार हुनपाएकोमा गर्व महशुस भएको भन्दै बिक्रमश्रीले सामाजिक सञ्जालमा समेत खुसी साटेका छन । बिभिन्न कलाकार हरुले प्रतिक चिन्ह निर्माण गरेपनि बिक्रमश्री को चित्रले स्थान पाएको छ ।अब सो लोगो प्रदेश १ मा लागु हुने छ ।
प्रतियोगिताको लागी १ महिना अघि सुचना प्रकाशित भएको थियो । अन्तिम समयमा रचना शुरु गरियो र बिषय भित्र रहेर सिर्जना गर्नुपर्ने रहेछ, निश्चित प्रतिक हरु उल्लेख रहेछन, रचना गर्नु सजिलो पनि भयो, छिट्टो पनि भयो, नतिजा पनि छिट्टै प्राप्त भयो बिक्रमश्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।
उनले निर्माण गरेको प्रतिकचिन्हमा सगरमाथाको चुचुरोमा नेपालको झण्डा,हिमाल,पहाड,तराई,लालीगुराँस र खुकुरी लगायतका नेपालीकाे परिचय सो लोगोभित्र समेटिएको छ ।
प्रतिक्रिया