सर्वोच्चकै फैसला किर्ते!
सारांश
- काठमाडाै, २८ वैशाख ।
- सर्वोच्च अदालतको फैसला किर्ते गरेर केन्द्रीय कारागारमा रहेका कैदी छुटाउने प्रयास गरिएको खुलासा भएको छ।
- लागूऔषध मुद्दामा कैदी जीवन बिताउदै गरेका सुनिल तामाङले कारागार प्रशासनमा बुझाएको फैसला नक्कली भेटिएको हो।
काठमाडाै, २८ वैशाख । सर्वोच्च अदालतको फैसला किर्ते गरेर केन्द्रीय कारागारमा रहेका कैदी छुटाउने प्रयास गरिएको खुलासा भएको छ।
लागूऔषध मुद्दामा कैदी जीवन बिताउदै गरेका सुनिल तामाङले कारागार प्रशासनमा बुझाएको फैसला नक्कली भेटिएको हो।
सर्वोच्च अदालतबाट अवकाश पाईसकेकी प्रधानन्यायाधीश शुसिला कार्की र न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठले २०७१ मै गरेको बदर फैसलालाई बैशाख २० गते सदर गरेको भन्दै नक्कली फैसला कारागारमा पेश भएको छ।
केन्द्रीय कारागारका निमित्त प्रमुख श्रवणकुमार साहले फैसलाको नक्कली कपि पेशगर्ने कैदीका आफन्त नानु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। उनले कैदीलाई कैद छुटको प्रलोभनमा पारेर कुनै गिरोहले नक्कली कागजपत्र बनाएको हुनसक्ने बताए।
‘फैसलाको कपिमा केही शंका लागेर आधिकारीकताका लागि सर्वोच्च पठाएका थियौं, नक्कली भन्ने जवाफ आयो,’ निमित्त जेलर साहले भने।
कैदी सुनिल तामाङ लागू औषध मुद्दामा फरार रहेकाे समयमा प्रहरीले पक्राउ गरेको थियो। उनले पेश गरेको नक्कली फैसलामा न्यायाधीश प्रेम शर्मा र देवेन्द्र गोपाल श्रेष्ठले बैशाख २० मा कैद घटाउने फैसला गरेको उल्लेख छ।
सर्वोच्चका उपरजिष्ट्रार प्रल्हादकुमार योगीले कारागारलाई पठाएको जवाफमा मुद्दा निर्णय बदर भएको र २०७१ मा सो फैसला भएको उल्लेख गर्दै कारागारले पठाएको पत्र नक्कली भएको उल्लेख गरेका छन्।
(नेपालखबर बाट)
प्रतिक्रिया