‘नेपालको केही एजेन्डा छैन’: नरेन्द्र मोदी

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
६० पटक हेरिएको
Shares
‘नेपालको केही एजेन्डा छैन’: नरेन्द्र मोदी

सारांश

  • काठमाडौं, २९ वैशाख ।
  • नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग भेटवार्ता गरेका छन् ।
  • मोदीलाई भेट्न कांग्रेस पदाधिकारी सहितका नेताहरू शनिवार मध्याह्न हायात होटल पुगेका थिए ।

काठमाडौं, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग भेटवार्ता गरेका छन् ।

मोदीलाई भेट्न कांग्रेस पदाधिकारी सहितका नेताहरू शनिवार मध्याह्न हायात होटल पुगेका थिए । भेटमा मोदीले नेपालको विकास र समृद्धिका भारतको सधैँ सहयोग रहने बताएका थिए ।

‘नेपालको प्रगतिभन्दा केही एजेन्डा छैन, चुनाव गरेर संविधान कार्यान्वयन गर्नुभएकोमा बधाइ छ,’ मोदीको भनाइ उद्धृत गर्दै कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले  भने ।

मोदीले चुनाव सम्पन्न गराएकोमा देउवालाई बधाई दिएका थिए । ‘दुई देशको बीचको सम्बन्ध राम्रो हुँदै जाओस् र पार्टी टु पार्टी सम्बन्ध पनि मजबुत होस् भन्ने मोदीको चाहाना थियो,’ पूर्वपरराष्ट्र मन्त्री समेत रहेका महतले भने ।

मोदीलाई भेट्न सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का लगायतका नेताहरू उनी बसेकै होटलमा पुगेका थिए ।

उनीहरूबीच झण्डै आधाघण्टा छलफल भएको थियो ।

(https://kidsrkids.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह
भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह
५० लाख दिए  प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
५० लाख दिए प्रधानमन्त्री ओलीलाई मार्छु भन्ने गिरफ्तार
सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै संसद अबरुद्ध !
सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाउँदै संसद अबरुद्ध !
पुरातात्विक स्थलको संरक्षणमा लाग्छु – प्रदेश उम्मेद्वार वसन्त मानन्धर
पुरातात्विक स्थलको संरक्षणमा लाग्छु – प्रदेश उम्मेद्वार वसन्त मानन्धर
Online Casino Cz ︎ Důvěryhodná A Bezpečná Online Kasina
शहीद गोविन्द गौतमका परिवारलाई एमालेले ५ लाख दिने
शहीद गोविन्द गौतमका परिवारलाई एमालेले ५ लाख दिने
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
निर्मला पन्तको हत्यामा आधारित ‘कोपिला’को ट्रेलर सार्वजनिक
सभामुख घिमिरेलाई ”पत्रकार बिक्री’को आरोप पुष्टि गर्न महासंघको चुनौती
सभामुख घिमिरेलाई ”पत्रकार बिक्री’को आरोप पुष्टि गर्न महासंघको चुनौती
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?