जेष्ठ नागरिकहरुको रक्षा लोककल्याणकारी कामको अभिन्न अंग : रक्षामन्त्री पोख्रेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
जेष्ठ नागरिकहरुको रक्षा लोककल्याणकारी कामको अभिन्न अंग : रक्षामन्त्री पोख्रेल

सारांश

  • काठमाडौं, ३० बैशाख ।
  • रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार दिगो सामाजिक सुरक्षाका कार्यक्रममार्फत लोककल्याणकारी राज्य स्थापना गर्नतर्फ अघि बढ्न खोजिरहेको बताएका छन् ।
  • लोककल्याणकारी राज्य र समाजवादको आधारभूत पक्षका रुपमा रहेको सामाजिक सुरक्षाका कार्यक्रमलाई सर्वकालिक तुल्याउँदै लैजाने भनाई उनको थियो ।

काठमाडौं, ३० बैशाख । रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार दिगो सामाजिक सुरक्षाका कार्यक्रममार्फत लोककल्याणकारी राज्य स्थापना गर्नतर्फ अघि बढ्न खोजिरहेको बताएका छन् । लोककल्याणकारी राज्य र समाजवादको आधारभूत पक्षका रुपमा रहेको सामाजिक सुरक्षाका कार्यक्रमलाई सर्वकालिक तुल्याउँदै लैजाने भनाई उनको थियो ।

अन्र्तराष्ट्रिय लायन्स क्लवद्वारा काठमाडौंको धुम्बाराहीमा आयोजना गरेको वरिष्ठ जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले योगदानमा आधारित सामाजिक संरक्षणका कार्यक्रममार्फत जनताको हितमा काम गर्ने अठोट व्यक्त गरे ।

“राज्य भनेको लोककल्याणकारी काम गर्ने संस्था पनि हो”, उनले भने, “विगतमा हामीले लोककल्याणकारी काम गर्ने खोज्दा कनिका छरेको भनेर खुबै गाली गरियोे, तर हामी भन्छौं–राज्य भनेको लोककल्याणकारी काम गर्ने संस्था पनि हो । नाफामा मात्रै राज्य कुद्नुहुँदैन । जनताको हितमा काम गर्नुपर्छ । बृद्धाहरुको रक्षा लोककल्याणकारी कामको महत्वपूर्ण अंग हो ।”

जेष्ठ नागरिकलाई वृद्धभत्तामार्फत सम्मान गर्नुपर्छ भन्ने मनमोहन अधिकारी नेतृत्वको सरकारले सिकाएको संस्कारले नयाँ पुस्तालाई अभिप्रेरणा गरिरहेको भन्दै रक्षामन्त्री पोखरेलले आफ्नो कार्यकाल अवधिभर काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा जेष्ठ नागरिक आवास केन्द्र बनाउने योजना रहेको पनि सुनाए ।

“म यही निर्वाचन क्षेत्रमा चुनाव लडेको मान्छे । यही क्षेत्रमा बसेको छु । हिजो जहाँ जन्मिएर हुर्किएको भएपनि आज मेरो सम्पूर्ण कामको केन्द्रबिन्दु यहीं छ । राष्ट्रिय राजनीतिमा पनि सम्बद्ध छु । म यहीँका जनतामा आधारित भएर काम अघि बढाइरहेको छु । म सबै जेष्ठ नागरिकलाई साक्षी राखेर भन्न चाहन्छु, मेरो यो कार्यकालमा एउटा राम्रो खालको जेष्ठ नागरिक बस्न सक्ने, त्यहाँ आएर आराम गर्नसक्ने एउटा महत्वपूर्ण केन्द्र बनाउने एउटा योजना छ ।”, उनले भने, “त्यसका लागि स्थानीय तहका साथीहरुले आवश्यक सहयोग र समन्वय गर्नुपर्छ । त्यो भवन निर्माण गर्ने जिम्मा अब हाम्रो भयो ।”

रक्षामन्त्री पोख्रेलले मनमोहन अधिकारीको नाममा एउटा जेष्ठ नागरिक भवन निर्माण गर्नुपर्छ भन्ने आफ्नो भावी योजना उक्त कार्यक्रममा सुनाएका थिए । कार्यक्रममा समाजमा अग्रणी योगदान गरेका संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पत्रकार भैरव अर्याल, भद्रा घले, हेमराज ज्ञवालीलगायतका पुराना अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?