मोदी भ्रमण : प्रधानमन्त्री र परराष्ट्रमन्त्री एक ठाउँमा, अरु मन्त्रीहरु विभाजित !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १ जेठ ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण सम्पन्न भएको आज दुई दिन वितिसकेको छ ।
  • मोदीको भ्रमणलाई लिएर नेपाल सरकारका मन्त्रीहरु नै विभाजित बनेका छन् ।

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण सम्पन्न भएको आज दुई दिन वितिसकेको छ । मोदीको भ्रमणलाई लिएर नेपाल सरकारका मन्त्रीहरु नै विभाजित बनेका छन् ।

मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै बोलिसकेका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले त मोदीलाई विमानस्थलमा विदाई गरेलगत्तै भ्रमण सफल भएको भनेर आफ्नो प्रतिक्रिया दिएका थिए ।

हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकमा मोदीको भ्रमणलाई लिएर केही छलफल भएको बुझिएको छ । प्रधानमन्त्री ओली र मन्त्री ज्ञवालीले भ्रमणको बारेमा जथाभावी टिकाटिप्प्णी गर्नुको कुनै औचित्य नभएको बताएका थिए ।

तर केही मन्त्रीहरुले भने मोदीको भ्रमण जनकपुरबाट सुरु नभई काठमाडौंबाटै सुरु गराउन सकेको भए धेरै राम्रो हुनेथियो भन्ने टिप्प्णी गरेका थिए । उनीहरुले मोदीले काठमाडौंबाट भ्रमणको आरम्भ गर्न सकेको भए धेरै राम्रो हुन्थ्यो भन्ने भनाई राखेका थिए ।

मोदी भ्रमण क्रममा माओवादीका मन्त्रीहरुलाई प्रतिनिधिमण्डलस्तरीय संयुक्त भेटवार्तामा सहभागी नगराएकोबारेमा पनि हिजोको क्याविनेटमा कुरा उठेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान  !
इन्दीरा घलेद्धारा २० जना बालबालिकालाई छात्रबृत्ति प्रदान !
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली
भरतपुर-माडी आवत जावत गर्दा निकुञ्जमा लाग्ने दस्तुर हट्यो
भरतपुर-माडी आवत जावत गर्दा निकुञ्जमा लाग्ने दस्तुर हट्यो
सुरक्षाको कुनै समस्या नभएको प्रमुख निर्वाचन आयुक्तको दावी
सुरक्षाको कुनै समस्या नभएको प्रमुख निर्वाचन आयुक्तको दावी
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !
उपाधीका लागि नेपाल र सिंगापुर भिड्ने, यस्ता छन् पछिल्ला नतिजा !
प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’
प्रकाशमानको चेतावनी: ‘नेतृत्वले राजीनामा नदिए पार्टी विधानअनुसार अघि बढ्छौं’
आजको मौसमः मुुलुकभर वर्षाकाे संभावना
आजको मौसमः मुुलुकभर वर्षाकाे संभावना
मनाेरञ्जन समाचार : ४५ वर्षीया मलाइकाको यो फोटोले उडायो होश
मनाेरञ्जन समाचार : ४५ वर्षीया मलाइकाको यो फोटोले उडायो होश
उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत सम्बन्धमा
उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत सम्बन्धमा
हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली
हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

तपाईंले छुटाउनुभयो कि?