सुरक्षाको कुनै समस्या नभएको प्रमुख निर्वाचन आयुक्तको दावी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
सुरक्षाको कुनै समस्या नभएको प्रमुख निर्वाचन आयुक्तको दावी

सारांश

  • काठमाडौं, ८ मंसिर ।
  • प्रमुख निर्वाचनआयुक्त डा.
  • अयोधिप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेकोले ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् ।

काठमाडौं, ८ मंसिर । प्रमुख निर्वाचनआयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेकोले ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाईएकोले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् ।

‘केही ठाउँमा भएका छिटपुट घट्नालाई लिएर सुरक्षाबारे अफवाह फैलाउने कामभएको छ, तर सुरक्षाको पूर्ण व्यवस्थागरिएको छ, ढुक्क भएर मतदानगर्नको लागिनिर्वाचनआयोग यही मञ्चबाट अपिलगर्न चाहन्छ,’ उनले भने ।

उनले आयोगले निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरुसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिए।

‘फाट्टफुट्ट भएका घट्नालाई अतिरञ्जितबनाउने काम भैरहेको छ, ढुक्क हुनुहोस सुरक्षाको पूर्ण प्रत्याभुति छ, अझै कुनै चासो भए यहाँहरुले सुरक्षा कार्ययोजना बारे गृहमन्त्रालयसँग जानकारी लिन सक्नुहुन्छ’ उनले भने ।  उनले मौन अवधि सुरु भएकोले सुरक्षाको पूर्ण प्रत्याभुतिको लागि विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको बताए। उनले थपे, ‘अब डर र त्रासको अवस्था छैन।’

पछिल्लो समयमा नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपाले उम्मेदवार केन्द्रित गरि आक्रमणलाई तीव्र पार्दै आएका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pradip Raj

    Yo Kati kamjor xa Nepal KO itihasko sabaivanda nalayak nirbachan aayukta ho yo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?