परराष्ट्रमन्त्री ज्ञवालीको गर्जन: सत्ता टिकाउन कसैसँग तमसुक लेखाउन जरुरी छैन !
सारांश
- काठमाडौं , १ जेठ ।
- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारलाई सत्ता टिकाउनका लागि कसैसँग तमसुक लेखाउन जरुरी नभएको बताएका छन्।
- प्रतिनिधिसभाको बैठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
काठमाडौं , १ जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारलाई सत्ता टिकाउनका लागि कसैसँग तमसुक लेखाउन जरुरी नभएको बताएका छन्।
प्रतिनिधिसभाको बैठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
‘यो सरकारलाई कुनै एकान्तमा गएर सत्ता जोगाई पाउँ भन्ने तमसुक लेखाइ पाउनु छैन। यो सरकारलाई नेपाली जनताको साथ छ। नेपाली जनताको साथ रहुन्जेल कुनै अपारदर्शी ढंगले काम गर्नु छैन्,’ उनले अगाडि भने, ‘त्यस वार्तामा भएका छलफलको टिप्पणी उठाउनका लागि परराष्ट्र मन्त्रालयका अधिकारीहरु खटाइएको छ।’
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको एकान्त वार्तामा भएको छलफलको विषयमा सांसदले उठाएको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘एकान्त वार्ता अन्तर्राष्ट्रिय रुपमा चल्दै आएको चलन हो। धेरै टाढा जानुपर्दैन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिङपिङ पनि एकान्त वार्तामा बसेको अस्तिभर्खर हो। यसलाई अन्यथा लिनुपर्दैन।’
परराष्ट्रमन्त्री ज्ञवालीले के गर्नुपर्छ भन्ने विषयमा जानकार रहेको बताउँदै उनले जनकपुरमा भएको भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनमा कुटनीतिक मर्यादा उल्लंघन भएकोसमेत बताए। अनुभवको कमीले त्यस्तो भएको भन्दै त्यसलाई सरकारले ध्यान दिएकोसमेत बताए।
उनले नेपाल सरकारले आफ्ना हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढाउने समेत प्रतिवद्धता जनाए। नेपालको आन्तरिक विषय कुनै पनि बाह्य फोरममा छलफल हुन नसक्ने भन्दै त्यसतर्फ सबै सजग हुनुपर्ने बताए।
‘नेपालका आन्तरिक समस्याहरु नेपालले समाधान गर्न सक्छ। नेपाल सक्षम छ,’ ज्ञवालीले भने, ‘अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालका आन्तरिक मामिलाहरुलाई ‘टोटल्ली’ अलग गर्ने गाइडलाइनका साथ अगाडि बढ्छौं। अगाडि बढेका छौं।’ परराष्ट्रमन्त्री ज्ञवालीले संविधानसभाबाट संविधान जारी गर्ने र नाकाबन्दीविरुद्ध बलियोसँग उभिने सन्दर्भमा आफूहरुले लिएको अडान सही भएको समेत पुष्टि भएको दाबी गरे।
मन्त्री ज्ञवालीले भने, ‘हामीले नाकाबन्दीविरुद्ध अडान लिँदा नाकाबन्दी नै भन्न नसक्नेहरु पनि आज त्यही ठाउँमा आइपुगेका छन्। हामीले त्यतिबेला उठाएका मुद्दा हाम्रो संविधान हामी आफैंले बनाउने कुरा गर्दा, नेपालले संघीयताको मोडल आफैं तय गर्न पाउनुपर्छ भन्दा खोक्रो राष्ट्रवाद भनिएको थियो। तर, आज आएर हाम्रो अडान पुष्टि भएको छ, यसमा हामीलाई गर्व छ।’
Tn Adhikari
माेदीसगँ जाउ परराष्ट्रमन्त्री जी भारतकाे गुल्मीको धम्की नेपाली जनतालाई नदेखाउ राष्ट्रबादकाे खाेल नवाेड भारतीय सेना किन अाए नेपाल कि कालापानी भुलेका छैनन् नेपाली जनताले झन नाकाबन्दी कैहिले भुल्दैनन नेपालीले नेता दलालले भुले पनि नकली राषबाद नदेखाउनु भए हुन्छ ऐमाले ले ?
Bhim Khadka
एकदमै सही हजुर
Subinraj Serpali
khate bharat bhu Pugchh holani
Ashok Kumar Bhandari
Right ho
Hari Adhikari
इतिहासमा सबैभन्दा कलंकीत परराष्ट्रमन्त्री हाे याे
Sharan Shrestha
Khoi ta modi lai vaneko nakabandi kina gareko vaner? sodhne himmat vayepo sodhtheu ta din dinai sima atikramanvairako chha sima ko barema boleko khoi ta? Rastrabadko namma liyo vayo lampasarbad…
Ghar Mero Moolkhatali Baitadi
K garos t bichar balll garib janta lai ukhan ko kura sunayer Oli le jiter mantiri vayer ahile Hiro po vayexa
Laxman Dc
जनताको मनो भावना नबुझी गरेको त राजा शासन जस्तै भएन र भूकम्प पछि नाकाबन्दीले थलिएको जनताको नाममा नाकाबन्दी वलालाइ नागरिक अभिनन्दन गर्नु सरासर गलत हो पार्टीको नेता कार्यकर्ताले देवता संझी पूजा गरेनि सरोकार भएन यस्तो दम्भले जनताले आफ्नो नजरबाट दिएको मत फिर्ता लिइ सके औपचारिक घोषण ४बर्ष ६महिना पछि हुनेछ महोदय भारूमा जति नाच्नु छ नाचौ मन्त्री ज्यू
Bishnu Stha Newar
यो मनुष्यमा लाज सरम भन्ने कलिकती पनि रहेन्छ ।
Binod Kc
देसमा फटाहा हरूकाे मा छैन