मकवानपुर उद्योग बाणिज्य संघको टोलि दक्षिण कोरियामा !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
१६ पटक हेरिएको
Shares
मकवानपुर उद्योग बाणिज्य संघको टोलि दक्षिण कोरियामा !

सारांश

  • काठमाडाै, १ जेठ ।
  •   मकवानपुर उद्योग बाणिज्य संघको टोलिले दक्षिण कोरियामा रहेका बिभिन्न उद्योगहरुको अवलोकन  गरेकाे छ।
  • नेपाल उधोग बाणिज्य संघका केन्द्रिय सदस्य तथा मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अरुण राज सुमार्गीको नेतृत्वमा गएको टोलिले काेरियाकाे उत्कृस्ट ३० भित्र पर्ने ह्यारिम कम्पनिको ह्याचरी , पोल्ट्री फर्म र आधुनिक बधशालाको अवलोकन गरिएको बताइएको छ ।

काठमाडाै, १ जेठ ।  मकवानपुर उद्योग बाणिज्य संघको टोलिले दक्षिण कोरियामा रहेका बिभिन्न उद्योगहरुको अवलोकन  गरेकाे छ।

नेपाल उधोग बाणिज्य संघका केन्द्रिय सदस्य तथा मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अरुण राज सुमार्गीको नेतृत्वमा गएको टोलिले काेरियाकाे उत्कृस्ट ३० भित्र पर्ने ह्यारिम कम्पनिको ह्याचरी , पोल्ट्री फर्म र आधुनिक बधशालाको अवलोकन गरिएको बताइएको छ ।

त्यहाँ रहेको अत्याधुनिक प्रबिधि आफ्नै देशमा प्रयोग गर्ने उदेश्यले मकवानपुरमा पनि दैनिक ८ लाख सम्म कुखुरा काट्न सकिने आधुनिक बधशाला निर्माण सम्बन्धमा छलफल भएको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए।  । आफ्नो लागानीको पूर्ण सुरक्षा हुने भए कोरियामा कार्यरत नेपालीहरुनै बधशाला निर्माणको लागि तयार भएको कटुवालले बताए।

दक्षिण कोरियामा भएको प्रविधिको बिकासको सिको मात्र नेपालमा गर्न सके नेपालले धेरै फाइदा लिन सक्ने र राज्यले लिएको बिकास र समृदीको नीतिमा टेवा पुग्ने केन्द्रिय सदस्य अरुण राज सुमार्गीले बताए।

कृषि क्षेत्रको प्रबर्धनमा केहि ठोस योगदान पुर्याउनुका साथै नया प्रबिधि भित्र्याई कृषिमा आधुनिकीकरण गर्ने कार्यक्रम अन्तर्गत त्यहाँ रहेका उद्योग बाणिज्य संघका पदाधिकारीहरुसंग भेटघाट र छलफलका साथै कृषि आधुनिकीकरणका लागि बिद्यार्थी पढाई दक्ष जनशक्ति उत्पादनमा जोड दिने , र दिर्घकालिन योजनाको लागि तत्काल MOU  गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य सुमार्गीले बताए।

९ दिनको लागि गएको अवलोकन भ्रमण टोलि २१ तारिखमा नेपाल फर्कदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?