दुर्लभ एकसिंगे गैंडा मर्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
दुर्लभ एकसिंगे गैंडा मर्यो

सारांश

  • चितवन, २ जेठ ।
  • चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टर अन्तरगत सौराहा स्थित ढुंग्रे खोलामा एक गैंडा मृत फेला परेको छ ।
  • निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार सौराहाको ढुंग्रे खोलामा बुढो भएर गैंडा मरेको जानकारी दिए ।

चितवन, २ जेठ । चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टर अन्तरगत सौराहा स्थित ढुंग्रे खोलामा एक गैंडा मृत फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार सौराहाको ढुंग्रे खोलामा बुढो भएर गैंडा मरेको जानकारी दिए ।

अन्दाजी ३५ वर्षको गैंडा खोलाको पानीमा मृत फेला परेको निकुञ्जका पुर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए । खाग र खुर सुरक्षित रहेको गैंडालाई आजै पोष्टमार्टम गरेर गाडिएको छ ।

उनका अनुसार बुढो भएका कारण उक्त गैंडा विगत लामो समयदेखि सौराहा आसपास डुल्दै आएको थियो ।

यसअघि गत साता पनि एउटा गैंडा मरेको थियो । यो सँगै चालु आर्थिक वर्षको अहिलेसम्म कालगतिले २४ वटा गैंडा मरिसकेको छ । अघिल्लो आर्थिक वर्षमा कालगतिले २५ गैंडा मरेको थियो ।

विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडा प्राकृतिक बासस्थानमा नेपाल र भारतमा मात्रै पाईन्छ ।

नेपालमा गैंडाको मुख्य बासस्थान भने चितवन राष्ट्रिय निकुञ्ज हो । यहाँ पछिल्लो अनुगमनमा ६०५ गैंडा भेटिएको तथ्यंक छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Arun Patel

    So sad

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?