रोटी पकाउँदै गरेका मजदुरमाथि गोली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • बुटवल – रुपन्देहीको मणिग्राममा हिजो बेलुका एक मजदूर माथि गोली प्रहार भएको छ ।
  •  तिलोत्तमा ५ को दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी ४१ वर्षीय रामकेश धवललाई मणिग्राममा गोली हानिएको हो ।
  • गोली कसले र किन हान्यो भन्ने जानकारी हुन सकेको छैन ।

बुटवल – रुपन्देहीको मणिग्राममा हिजो बेलुका एक मजदूर माथि गोली प्रहार भएको छ । तिलोत्तमा ५ को दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी ४१ वर्षीय रामकेश धवललाई मणिग्राममा गोली हानिएको हो । गोली कसले र किन हान्यो भन्ने जानकारी हुन सकेको छैन ।

स्थानीयको घरमा दिनभरि काम गरेर बेलुकी घरको चुलोमा रोटी पकाउँदै गरेका बेला धवललाई आक्रमणकारीले पछाडिबाट आएर ढाडमा गोली हानेर भागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि मणिग्राममा प्राथमिक उपचारपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो । प्रवक्ता पाण्डेका अनुसार घाइतेको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?