सवारी दुर्घटनामा एकको मृत्यु !
सारांश
- अस्बिन खड्का, ४ जेठ ।
- सुनसरीमा एक जनाकाे मृत्यु भएकाे छ ।
- सुनसरी, ईटहरी उपमहानगरपालिका २० स्थित कोशी मार्गमा बिग्रेर राखेको उपमहानगरपालिकाको फोहोर बोक्ने ट्रयाक्टरमा ठाेक्किएर माेटरसार्इकल चालककाे मृत्यु भएकाे हाे ।
अस्बिन खड्का, ४ जेठ । सुनसरीमा एक जनाकाे मृत्यु भएकाे छ ।
सुनसरी, ईटहरी उपमहानगरपालिका २० स्थित कोशी मार्गमा बिग्रेर राखेको उपमहानगरपालिकाको फोहोर बोक्ने ट्रयाक्टरमा ठाेक्किएर माेटरसार्इकल चालककाे मृत्यु भएकाे हाे ।
को८ प ४३३९ नम्बरको मोटरसाइकल बिहीबार ट्रयाक्टरमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बराहा नगरपालिका ४ बस्ने ३५ वर्षीय लक्ष्मण तामाङको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हाे ।
दुर्घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया