याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !
सारांश
- काठमाडौं, ५ जेठ ।
- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि प्रयास थालेका छन् ।
- स्रोतका अनुसार ओली–प्रचण्ड दुवै जना मधेशको मुद्दा सम्बोधन गर्नको लागि संविधान संशोधन गर्न तयार रहेका छन् ।
काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि प्रयास थालेका छन् ।
स्रोतका अनुसार ओली–प्रचण्ड दुवै जना मधेशको मुद्दा सम्बोधन गर्नको लागि संविधान संशोधन गर्न तयार रहेका छन् । त्यसैले सरकारमा सहभागी हनको लागि राजपा र फोरम दुवै पार्टीका नेताहरुसँग नेकपाका नेताहरुले प्रस्ताव गरिरहेका छन् ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने प्रतिबद्धता ओली र प्रचण्डबाट आए आफूहरु पनि सरकारमा सहभागी हुन सक्ने संकेत गरेका संचारमाध्यममा खबर छ । तर यादवले यसको लागि संविधान संशोधनमा लिखित सहमति सरकारले जनाउनुपर्ने बताएका छन।
यता राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पनि सरकारमा सहभागी हुनको लागि सत्तारुढ दलबाट प्रस्ताव आएकोले आफूहरुपनि सकारात्मक रहेको बताइएकाे छ ।
राजपा नेपाल र फोरमले पनि ओली सरकार गठनमा समर्थन गरेका हुन् ।
प्रतिक्रिया