‘नीति तथा कार्यक्रम ठीक छ, लक्ष्य प्राप्तीको बाटो प्रष्ट छैन’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
५२ पटक हेरिएको
Shares
‘नीति तथा कार्यक्रम ठीक छ, लक्ष्य प्राप्तीको बाटो प्रष्ट छैन’

सारांश

  • सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
  • सरकारको नीति तथा कार्यक्रमलाई सकारात्मक भनिएको छ ।
  • तर कार्यान्वयनको पाटो चुनौतिपूर्ण भन्दै अधिकांश दलका नेताहरुले लक्ष्य प्राप्त हुनेमा आशंका व्यक्त गरेका छन् ।

सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रमलाई सकारात्मक भनिएको छ । तर कार्यान्वयनको पाटो चुनौतिपूर्ण भन्दै अधिकांश दलका नेताहरुले लक्ष्य प्राप्त हुनेमा आशंका व्यक्त गरेका छन् । सरकारको नीति तथा कार्यक्रममो सेरोफेरोमा रहेर  नयाँ शक्ति पार्टीका संयोजनक डा. बाबुराम भट्टराईसँग कुरा गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम तपाईलाई कस्तो लाग्यो ?
समृद्धिको आधार तय गर्ने वर्ष भनेको छ । यो सकारात्मक कुरा हो । नीति तथा कार्यक्रम आशा जगाउने प्रकृतिकै छन् । संघीयतापछि अत्याधिक बहुमत प्राप्त सरकारले ल्याएको कार्यक्रमलाई शुभकामना दिनुपर्छ ।

कार्यान्वयनको पाटो कस्तो देख्नुहुन्छ ?
लक्ष्य निर्धारण त राम्रैसँग गरिएको छ । नियत पनि राम्रै होला । तर कार्यान्वयनको बाटो प्रष्ट हुनुपर्छ । त्यो बाटो प्रष्ट छैन । नीति तथा कार्यक्रमलाई बजेटमा कसरी मुखरित गरिन्छ, त्यो हेर्न बाँकी छ । त्यसैले पर्खनुपर्छ । सरकारलाई शंकाको लाभ भने दिनैपर्छ ।

पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाउने भनिएको छ । यो सम्भव छ ?
यो गर्नैपर्ने काम हो । संयुक्त राष्ट्रले निर्धारण गरेको दिगो विकासको लक्ष्य सन् २०२२ सम्म हासिल गर्नुपर्ने हुन्छ । चार वर्षभित्र विकाससिल मुलुकभित्र उक्लनुपर्ने चुनौति छ । २०३० सम्म मध्यम आय भएको मुलुक र २०४० सम्म उच्च आय भएको मुलुकको सूचिमा पुग्नुपर्छ । यो मापदण्ड र लक्ष्य प्राप्त गर्नका लागि पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर पुर्याउनैपर्छ । तर कसरी लक्ष्य हासिल गर्ने भन्ने बाटो नै प्रष्ट छैन ।

पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने भनिएको छ । प्रतिव्यक्ति आय र आर्थिक वृद्धिदरबीचको तालमेल कसरी मिल्छ ?
आउँदो वर्ष दोहोरो अंकको नजिक अर्थात ८,९ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने, त्यसपछिको वर्षमा निरन्तर दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न सक्यौँ भने प्रतिव्यक्ति आय दोब्बर हुन सक्छ । तर पाँच वर्षसम्म दोहोरो अंकको आर्थिक वृद्धिदर भनिएको छ । यसले आम्दानी दोब्बर हुन सक्दैन । त्यसकारण गणितिय हिसाबमा ख्याल गरेको पाइएन । यो अस्पष्टताको कारणले गर्दा लक्ष्य राम्रो हुँदाहुँदै पनि प्राप्त गर्न सकिदैन कि भन्ने शंका पैदा भएको छ ।

पाँच वर्षभित्र दोहारो अंकको आर्थिक वृद्धिदर हासिल गर्न लागि केके गर्नुपर्छ ?
दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरेर मात्रै पहिलो विश्वमा पुग्न सक्छौँ । त्यो सम्भव छ । तर केही नीतिगत कुराहरु गम्भीर ढंगले लागु गर्नुपर्छ । भारत र चिनसँग सन्तुलित सम्बन्ध राखेर पुँजी र प्रविधी भित्र्याउनुपर्छ । यसबारेमा सरकार प्रष्ट हुन सकेन । अर्को कुरा देशभित्र भौगोलिक आधारमा कुनै पनि असन्तुष्टी कायम राख्नुहुँदैन । यसका लागि संविधानलाई आवश्यक संशोधन गरेर सबैलाई विश्वासमा लिनुपर्छ । नीति तथा कार्यक्रममा संविधान संशोधनको कुरा पनि परेन । तेस्रो कुरा, जमिनको स्वामित्वमा आमूल परिवर्तन नगरेसम्म विकास हुँदैन । सानो बाटो बनाउँदा पनि जमिनले अड्काउने अहिलेको अवस्था छ । यो समस्या समाधानका लागि राज्य वा स्थानीय तहले जमिनको स्वामित्व लिएर भोगको अधिकार दिनुपर्छ । यस्ता संरचनात्मक परिवर्तनको कुरालाई प्राथमिकतामा राख्नुपर्छ । तर नीति तथा कार्यक्रममा यस्ता कुरा नआएकाले लक्ष्य हासिल गर्न कठीन छ ।

अहिलेको अवस्थामा संविधान संशोधन पनि आवश्यक हो ?
संविधानमा नेपाल बहुजातिय, बहु सांस्कृतिक, बहु भाषिक भनेर परिभाषित गरेका छौँ । तर नीति तथा कार्यक्रममा विविधता मात्रै भनिएको छ । संविधानले गरेको परिभाषाअनुसार सरकारले काम गर्नुपर्छ । संविधानका विषमा चित्त नबुझेका पक्षहरुलाई मिलाउनका लागि शक्ति सन्तुलन र अधिकार बाँडफाँटमा ध्यान दिनुपर्छ । यसो गर्न सकिएन भने जुनसुकै बेला भुसको आगो सल्किन सक्छ । संविधानअनुसार बनाउनुपर्ने मौलिक अधिकारसँग सम्बन्धित कानुनहरु पनि बनाउनुपर्ने छ । यही असोजभित्रमा बनाउनुपर्ने कानुनका बारेमा नीति तथा कार्यक्रम मौन छ । संविधानको मर्मलाई नीति तथा कार्यक्रमले पक्रन नसकेको पाइयो ।

तपाई मधेशकेन्द्रित दलले भनेअनुसार संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा हो ?
मान्छेले पहाड एउटा जाति मधेश एउटा जाति भन्छन् । यो गलत कुरा हो । नेपाल नै बहुजातिय मुलुक हो । त्यसैले मधेशको मात्रै कुरा गरेर हुँदैन । मधेशीको आवाज ठूलो भयो, अरु जातिहरुको आवाज सानो भइरहेको छ । कर्णाली, सेति, महाकालीका जनता पनि पछिडिएका छन् । ति नागरिकको विषयमा बोल्नु पर्दैन ? त्यसैले हामीले कुनै जातिको विषयमा मात्रै बोल्नु हुँदैन । बहुजातिय मुलुक झल्कने गरी इन्द्रणी राष्ट्रियताको प्रवद्र्धन गर्नुपर्छ । यसका लागि संविधानलाई परिमार्जन र संशोधन गर्नैपर्छ । ढाकछोप गर्नै मिल्दैन ।

तपाई पनि आर्थिक क्रान्तिको पक्षधर नेता, अहिलेको सरकारले पनि विकास र समृद्धिलाई प्राथमिकता दिएको छ । सम्भव छ त ?
पूर्वाधार विकास र शिक्षा क्षेत्रको विकास अपरिहार्य छ । जनशक्ति र पूर्वाधार विना आर्थिक क्रान्ति हुन सक्दैन । नीतिगत रुपमा यि कुरा आएका छन् । तर कार्यान्वयको पाटो फितलो देखिएको छ । खरबौँ रुपैयाँ बराबरको लगानी गर्नुपर्छ । स्रोत कहाँबाट आउँछ भन्ने प्रष्ट नीति छैन । बाहिरबाट लगानी नल्याएसम्म ठूला योजना बन्न सक्दैन । यस विषयमा सरकारको ध्यान पुगोस् । के गर्ने भन्ने कुरा आएको छ तर कसरी गर्ने भन्ने स्पष्ट छैन ।

दुई ठूला पार्टी मिलेर एउटै कम्युनिष्ट पार्टी बनेको छ । यसलाई कसरी लिनुभएको छ ?
यो स्वागतयोग्य कुरा नै हो । म शुभकामना दिन चाहन्छु । तर पुरानै ढर्राको पार्टी हुने हो कि भन्ने आशंका पनि छ ।

आशंका लाग्ने आधार के छ ?
देशलाई समृद्धिको लक्ष्यमा पुर्याएर समाजवादतिर जाने चरणमा छौँ । अहिले समाजवादउन्मुख हुने हो, अहिले नै समाजवाद लागु गर्ने होइन । उहाँहरुलाई लक्ष्य प्राप्त गर्न गारो होला जस्तो देखिन्छ । गर्ने एउटा भन्ने अर्को भएपछि त्यो अन्तरविरोध कसरी हल गर्नुहुन्छ भन्ने मुख्य कुरा हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
Harsh Limbachiyaa gives a special birthday gift to wifey Bharti Singh, gets her name inked
Harsh Limbachiyaa gives a special birthday gift to wifey Bharti Singh, gets her name inked
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि  उम्मेदवार सिफारिस
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस
सरकारले टुटल पठाओलाई संरक्षण गरे विद्रोह गर्ने ट्याक्सी व्यवसायीको चेतावनी
सरकारले टुटल पठाओलाई संरक्षण गरे विद्रोह गर्ने ट्याक्सी व्यवसायीको चेतावनी
जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल
जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल
छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ,मतदान गर्ने समय सकियो!
छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ,मतदान गर्ने समय सकियो!
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
नक्कली इन्सपेक्टर पोशाकसहित पक्राऊ
नक्कली इन्सपेक्टर पोशाकसहित पक्राऊ
जुम्लामा भीषण आगलागि: ७ घर जलेर नष्ट