काठमाडौमा मोज गर्नेलाई सरकारको लोप्पा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौमा मोज गर्नेलाई सरकारको लोप्पा !

सारांश

  • काठमाडाै, १० जेठ ।
  •   उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व बिद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज गरिएको छ ।
  • शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले बिहिबार (आज) मन्त्री स्तरिय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाण्डौं उपत्यका भित्र रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन ।

काठमाडाै, १० जेठ ।  उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व बिद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज गरिएको छ ।

शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले बिहिबार (आज) मन्त्री स्तरिय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाण्डौं उपत्यका भित्र रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन ।

सम्पर्क कार्यालयहरुको खास भुमिका र प्रभाव नरहेकोले सम्पर्क कार्यालय हटाउने निर्णय गरिएको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका निजि सचिव पुष्प ढकालले जानकारी दिए ।

उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व विद्यालयहरुले केन्द्रीय राजधानी काठमाण्डौं ११ वटा विश्व विद्यालयले उपत्यकामा सम्पर्क कार्यालय स्थापना गरेका थिए ।

ऐनमा कुनैंपनि व्यवस्था नभएकोले सम्पर्क कार्यालय तत्काल हटाउन मन्त्री पोखरेलले निर्देशन दिनुभएको ढकालले बताए । आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनमा सहज गर्नका लागी सम्पर्क कार्यालय खारेजी गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?