निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार पक्राउ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
निर्माणमा लापरवाही गर्ने दुई ठेकेदार पक्राउ !

सारांश

  • दाङ, १० जेठ ।
  • तोकेको समयमा निर्माणको काम पूरा नगरेको भन्दै दाङमा दुईजना निर्माण ब्यवसायीलाई पक्राउ गरिएको छ ।
  • २०७१ सालदेखि निर्माण सुरु भएको घोराही र तुलसीपुरको फोरलेन सडक निर्माणको जिम्मा पाएका दुईजना निर्माण ब्यवसायीलाई बिहीबार पक्राउ गरिएको हो ।

दाङ, १० जेठ । तोकेको समयमा निर्माणको काम पूरा नगरेको भन्दै दाङमा दुईजना निर्माण ब्यवसायीलाई पक्राउ गरिएको छ ।

२०७१ सालदेखि निर्माण सुरु भएको घोराही र तुलसीपुरको फोरलेन सडक निर्माणको जिम्मा पाएका दुईजना निर्माण ब्यवसायीलाई बिहीबार पक्राउ गरिएको हो ।

दाङ प्रहरी प्रमुख दुर्गा सिंहका अनुसार घोराहीको सडक निर्माण र केही पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण ब्यवसायी पदम शर्मालाई घोराहीबाट र तुलसीपुर सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण ब्यवसायी प्रकाश महतरालाई तुलसीपुरबाट नियन्त्रणमा लिइएको जानकारी दिइन् ।

उनले अन्य निर्माण ब्यवसायीहरुको सूचि तयार पारेर खोजी कार्य तिव्र पारिएको जानकारी दिइन् । जिल्लामा निर्माणको काममा ढिला सुस्ती गर्ने ३५ बढी योजनाहरु रहेको पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?