पारश-हिमानी बिच सम्बन्ध सुधार भएकै हाे त ?
सारांश
- काठमाडाै, ११ जेठ ।
- लामाे समय पछि पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाहबीचको सम्बन्ध सुधारकाे फाेटाे सार्बजनिक भएकाे छ ।
- लामो समयपछि पारश–हिमानी आफ्ना दुई सन्तानका साथ हर्षित मुद्रामा रहेको तस्वीर एकजना सञ्चारकर्मीले सार्वजनिक गरेका हुन।
काठमाडाै, ११ जेठ । लामाे समय पछि पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाहबीचको सम्बन्ध सुधारकाे फाेटाे सार्बजनिक भएकाे छ ।
लामो समयपछि पारश–हिमानी आफ्ना दुई सन्तानका साथ हर्षित मुद्रामा रहेको तस्वीर एकजना सञ्चारकर्मीले सार्वजनिक गरेका हुन।
मंगलबार साँझ राजधानीको कुनै रेष्टुरेन्टमा पारश र हिमानी छोरा हृदयेन्द्र र कान्छी छोरी कृतिका सहित देखिन्छन्।
‘एउटा इन्टरेष्टिङ फ्रेमः एउटा साधारण परिवारको ताजा असाधारण तस्वीर’ क्याप्सन राखेर सञ्चारकर्मी भूषण दाहालले पारश–हिमानीको ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन्।
‘मलाई मेरो कुनै साथीले त्यो तस्वीर पठाइदियो, रेष्टुरेन्टमा सँगै गएको बेला भेटेपछि खिचेको रहेछ’ दाहालले भनेका छन, ‘तर कहाँको भन्ने कुरा मैले सोधिन।’
५ बर्षअघि ब्याङ्ककमा रहँदा थाई युवती कन्निका चाइसनसँगको सम्बन्धका कारण पारश–हिमानीबीचको सम्बन्ध दरार उत्पन्न भएको थियो।
थाइलैण्डमै रहेकी कन्निकाले भने पारशलाई बिर्सन सकेकी छैनन्, त्यसैले बेलाबेला उनीसँगका पुराना तस्वीर फेसबुकमा पोष्ट गरिरहन्छिन्।
कतिपय अवस्थामा त दुईबीचको बैवाहिक सम्बन्ध झण्डै पारपाचुकेको हदमा समेत पुगेको थियो। तर, निर्मल निवासले त्यो चाहिँ हुन दिएन।
थाइलैण्डमा पक्राउ परेपछि पारश नेपाल फर्केपनि पारश भिन्दै बस्दै आएका थिए। उनी पछिल्लो समय बहिनी शीताष्मासँग इमाडोलमा बस्दै आएका थिए।
दुई हप्ताअघि पनि राजधानीको त्रिशरा नामक रेष्टुरेन्टमा पूर्व शाही परिवार रात्रिभोजका लागि गएको थियो, जहाँ पारश र हिमानीपनि थिए।
पूर्वराजा ज्ञानेन्द्र र आमा कोमलसँगै रेष्टुरेन्टमा गएपनि पारश र हिमानी सँगै रहेको तस्वीर भने सार्वजनिक भएको थिएन।
प्रतिक्रिया