मलाई केहि भयो भने गोरेलाई पक्रनु: सनम शाक्य कि अामा
सारांश
- उर्लाबारी, १४ जेठ ।
- ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेको बयान अाइतबार सकिएकाे छ ।
- मृतक शाक्यकी पत्नी सुनिता लावतीको किटानी जाहेरीका आधारमा यस मुद्दामा जोडिएका ६५ जनाविरुद्ध अभियोगपत्र दर्ता गरिएकाे थियाे ।
उर्लाबारी, १४ जेठ । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेको बयान अाइतबार सकिएकाे छ ।
मृतक शाक्यकी पत्नी सुनिता लावतीको किटानी जाहेरीका आधारमा यस मुद्दामा जोडिएका ६५ जनाविरुद्ध अभियोगपत्र दर्ता गरिएकाे थियाे ।
माेरङ जिल्ला अदालतले गाेरेलाइ पुर्पक्षका लागि थुनामा राख्न अादेश दिइसकेकाे छ । अन्य फरार सूचीमा रहेका छन् ।
यसैबीच, मृतक शाक्यका परिवारले गोरे लगायत यस घटनामा जोडिएका सबैलाई जन्मकैद हुनुपर्ने बताएका छन् । आमा कल्पना शाक्यले छोरा मरेर गए पनि गोरे पक्राउ परेपछि आत्माले शान्ति पाएको बताएकि छन । उनले हत्यामा जोडिएका गोरे लगायतलाई जन्मकैदको माग गरेकि छिन् ।
सनम हत्या आफूले नगरेको अहिले बयानहरुमा झुटो कुरा बताएर गोरे उम्कनु खोजीरहेको पनि सनमको आमाले बताईन् । कल्पना शाक्यले घरबाट निस्कनु अघि सनमले ‘मलाई केही भएमा गोरेलाई पक्रनु’ भनेर भनेको पनि उनले बताईन् । आफूलाई छोरा सुन कारोवारमा लागेको थाहा नभएको पनि शाक्यकाे भनाइ छ । गोरेले यस काण्डमा मुछिएका सबैको नाम बताएर अपराधी उम्कन नदियोस् भन्ने उनको चाहना रहेको बताएकि छिन् ।
मृतक शाक्यका काकाले भने क्षतिपूर्ति दिनुपर्ने दाबी गरेका छन् । गोरेको रोक्का गरिएको सम्पत्तिबाट भए पनि क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।
प्रतिक्रिया