प्रधानमन्त्री को चीन भ्रमणको टुंगो लाग्यो
सारांश
- काठमाडाै, १७ जेठ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको टुंगो लागेको छ ।
- सरकारले ओलीको चीन भ्रमण बारे आधिकारिक धारणा सार्वजनिक नगरे पनि उनी असार पाँच गते भ्रमणमा जाने तय भएको जनाइएको छ ।
काठमाडाै, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको टुंगो लागेको छ ।
सरकारले ओलीको चीन भ्रमण बारे आधिकारिक धारणा सार्वजनिक नगरे पनि उनी असार पाँच गते भ्रमणमा जाने तय भएको जनाइएको छ ।
नेपाली राजदुत लिलामणि पौडेलले ओलीको सबै भ्रमण तालिका समेत मिलाएर चीन गइसकेका छन् । पाँच दिनसम्म हुने चीन भ्रमणको तालिका दुबै देशका प्रतिनिधिहरुको सहमतिमा बुधबार मात्रै टुंग्याइएको हो ।
प्रधानमन्त्री ओली यसअघि चीन भ्रमणमा जाने तयारी रहेको भयपनि चीन सरकारले आफ्नो समय नभएको भने पछि ओली को भ्रमण रोकिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया