पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढ्यो

सारांश

  • काठमाडौँ, २० जेठ –  नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य फेरि बढाएको छ ।
  • मध्यरातदेखि लागू हुने गरी फेरि पेट्रोलियम पदाथको मूल्य बढाएको हो ।
  • पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपियाँका दरले दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।

काठमाडौँ, २० जेठ –  नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य फेरि बढाएको छ । मध्यरातदेखि लागू हुने गरी फेरि पेट्रोलियम पदाथको मूल्य बढाएको हो ।

पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपियाँका दरले दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।

यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको ९५ रुपियाँ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर रु १.५९ तथा डिजेल र मट्टितेलमा रु ३.४९ घाटा रहेको जनाएको छ । अन्तराष्ट्रिय मूल्य बढेसँगै स्वतः मूल्य समायोजन गर्ने गरिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mahendra Gurau

    संसारमै रेकर्ड बनाऊ बाम सरकार, जनताबाट लुटेर मोटाउन आशा बोकेका हो, तिमीलाई सफलताको कामना।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?