अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन, ६१ जना सहभागी
सारांश
- काठमाडौं, २० जेठ – विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा रहेको अन्नपूर्ण पदमार्गमा आजदेखि म्याराथन शुरु भएको छ ।
- अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रम अन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मअन्नपूर्ण म्याराथनको गर्न लागिएको हो ।
- आज आइतबारदेखि हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ६१ जनाले सहभागिता जनाएका छन् ।
काठमाडौं, २० जेठ – विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा रहेको अन्नपूर्ण पदमार्गमा आजदेखि म्याराथन शुरु भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रम अन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मअन्नपूर्ण म्याराथनको गर्न लागिएको हो ।
आज आइतबारदेखि हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ६१ जनाले सहभागिता जनाएका छन् । म्याराथन अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे« आधार शिविर हुँदै देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न हुनेछ ।
म्याराथनमा सहभागी हुन काठमाडौँलगायत देशका विभिन्न स्थानबाट आएका धावक पुगिसकेका छन् । ४ हजार १ सय मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट म्याराथन शुरु हुने महोत्सव प्रचारप्रसार समितिका संयोजक टंक अधिकारीले जानकारी दिए ।
आज बिहान ७ बजे शुरु भएको म्याराथनमा सबैभन्दा ज्येष्ठ धान्द्रुकका ५० वर्षीय कविमान गुरुङ सहित सबै उमेर समुहका धावकहरुको सहभागिता छ ।
“प्रत्येक वर्षको जुन ३ मा मनाइने ‘अन्नपूर्ण डे’ को अवसर पारेर विभिन्न कार्यक्रम गरिँदै आएको छ ।
प्रतिक्रिया