हवाई भाडा बढ्यो, कुन ठाउँको कति! सूचि सहित
सारांश
- काठमाडौं २१ जेठ – हवाई इन्धको मूल्य बढेसँगै आन्तरिक तर्फको हवाइ भाडा बढ्ने भएको छ ।
- इन्धनको मूल्य बढेकाले वायुसेवा सञ्चालक संघले भोलि मंगलबारदेखि आन्तरिकतर्फको भाडा बढाउने निर्णय गरेको छ ।
- मूल्य बढेपछिको नयाँ भाडादरअनुसार काठमाडौं – धनगढीमा २ सय रुपियाँ बढेको छ ।
काठमाडौं २१ जेठ – हवाई इन्धको मूल्य बढेसँगै आन्तरिक तर्फको हवाइ भाडा बढ्ने भएको छ । इन्धनको मूल्य बढेकाले वायुसेवा सञ्चालक संघले भोलि मंगलबारदेखि आन्तरिकतर्फको भाडा बढाउने निर्णय गरेको छ ।
मूल्य बढेपछिको नयाँ भाडादरअनुसार काठमाडौं – धनगढीमा २ सय रुपियाँ बढेको छ । नयाँ भाडादर अनुसार १२ हजार ८ सय ७० हुने भएको हो । यसअघि यो रुटको भाडा १२ हजार ६ सय ५० रुपैयाँ रहेको थियो ।
त्यसैगरी माउन्टेन फ्लाइटको भाडा १ सय ७० रुपैयाँ बढेर अब ११ हजार ४ सय ७० कायम हुने भएको छ । यसअघि ११ हजार ३ सय रहेको थियो ।
काठमाडौं -पोखराको भाडामा ८० रुपैयाँ थप इन्धन शुल्क लाग्नेछ भने भैरहवासम्मको भाडामा १ सय रुपैयाँ वृद्धि हुने संघले र्णय गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया