कीर्तिपुरमा एकीकृत बस्ती विकास गरिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १८ साउन ।
  • कीर्तिपुर नगरपालिकाले एकीकृत बस्ती विकासका लागि स्थानीय सल्यानथानदेखि तीनथाना सिमानासम्मको जमिनलाई उपयुक्त ठहर गरेको छ ।
  • करिब तीनहजार रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको नगरपालिकाले भूकम्प प्रतिरोधात्मक र बलियो भवन निर्माणका लागि गृहकार्य गरिरहेको हो ।

काठमाडौँ, १८ साउन । कीर्तिपुर नगरपालिकाले एकीकृत बस्ती विकासका लागि स्थानीय सल्यानथानदेखि तीनथाना सिमानासम्मको जमिनलाई उपयुक्त ठहर गरेको छ ।

करिब तीनहजार रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको नगरपालिकाले भूकम्प प्रतिरोधात्मक र बलियो भवन निर्माणका लागि गृहकार्य गरिरहेको हो । विसं २०७२ को भूकम्पमा ठूलो धनजनको क्षति भएको सो नगरपालिकामा प्राचीन बस्ती छन् ।

नगरपालिकाले प्राविधिक सहयोग र थप अनुसन्धानका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग सहयोग मागेको छ । प्राधिकरणका प्राविधिकलगायत समूहले सुक्ष्म अध्ययन गरेपछि उक्त स्थान उचित ठहरिएमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने छ ।

परियोजनामा के कति लागतमा, कति क्षेत्रफलमा कस्तो स्वरुपको भवन निर्माण गरी कति परिवारलाई स्थापित गर्न सकिन्छ भन्नेबारे उल्लेख गरिनेछ । त्यसपछि विज्ञको सुझावसहित स्रोत संकलनका उपाय अवलम्बन गरी गुरुयोजना निर्माण गरिने नगरप्रमुख रमेश महर्जनले जानकारी दिनुभयो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार करिब ६५ हजार जनसंख्या रहेको उक्त नगरपालिकामा १४.७६ वर्गकिलोमिटर क्षेत्रफल छ । कुल १० वडा रहेको त्यस क्षेत्रमा प्राचीन महत्वका मठमन्दिर, सम्पदा तथा स्मारक छन् ।

नगरपालिकामा स्थानीयका भत्किएका घर पुनःनिर्माणका लागि सहयोग गर्ने उद्देश्यले पुनःनिर्माण तथा विपद् व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पामा प्रेसरकुकर बम विष्फोट, स्थानीय त्रसित
पाल्पामा प्रेसरकुकर बम विष्फोट, स्थानीय त्रसित
पाल्पामा एक लाख एघार हजारले स्वास्थ्य बीमा गराए
पाल्पामा एक लाख एघार हजारले स्वास्थ्य बीमा गराए
कम्बोडिया निर्वाचनमा पनि इयुकाे असन्तुष्टि, विश्वसनीयताको अभाव भएको  अाराेप
कम्बोडिया निर्वाचनमा पनि इयुकाे असन्तुष्टि, विश्वसनीयताको अभाव भएको अाराेप
प्रदेश ७ को मन्त्रिपरिषदद्वारा नीति तथा कार्यक्रम स्वीकृत
प्रदेश ७ को मन्त्रिपरिषदद्वारा नीति तथा कार्यक्रम स्वीकृत
सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ
सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ
गाजामा अर्काे चरणकाे युद्ध सुरू गरिएकाे इजरायलकाे घाेषणा
गाजामा अर्काे चरणकाे युद्ध सुरू गरिएकाे इजरायलकाे घाेषणा
California man killed wife before gun rampage
California man killed wife before gun rampage
सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन
सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन
३३ किलाे सुन प्रकरण : रमेश खरेल सहित एआईजी र डिआइजीद्वयले यसरी किन गरे अभियुक्तको बचाउ   ?
३३ किलाे सुन प्रकरण : रमेश खरेल सहित एआईजी र डिआइजीद्वयले यसरी किन गरे अभियुक्तको बचाउ ?
नुवाकोटमा २८ हल गोरु जुधाइँदै, यसरी गरिँदैछ व्यवस्थापन
नुवाकोटमा २८ हल गोरु जुधाइँदै, यसरी गरिँदैछ व्यवस्थापन