चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
५१ पटक हेरिएको
Shares
चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ

सारांश

  • नुवाकोट, २२ जेठ,सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ ।
  • नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रु २५ लाखको चिठ्ठा परेको भन्दै त्यो रकम प्राप्त गर्न राजश्व शुल्क चाहिनेलगायतका बहानामा ती महिलालाई ठगी गर्ने ३४ वर्षका घिमिरेविरुद्ध सोमबार नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।
  • “इमोमार्फत विजयकुमार भन्ने व्यक्तिले फोन र सन्देशमार्फत ठगी गर्ने गिरोहको सदस्य घिमिरेमाथि गरिएको अनुसन्धानको क्रममा थप अन्य व्यक्तिले पनि ठगी गरेको तथ्य भेट्टिने क्रम शुरु भएको छ ।

नुवाकोट, २२ जेठ,सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ ।

नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रु २५ लाखको चिठ्ठा परेको भन्दै त्यो रकम प्राप्त गर्न राजश्व शुल्क चाहिनेलगायतका बहानामा ती महिलालाई ठगी गर्ने ३४ वर्षका घिमिरेविरुद्ध सोमबार नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

“इमोमार्फत विजयकुमार भन्ने व्यक्तिले फोन र सन्देशमार्फत ठगी गर्ने गिरोहको सदस्य घिमिरेमाथि गरिएको अनुसन्धानको क्रममा थप अन्य व्यक्तिले पनि ठगी गरेको तथ्य भेट्टिने क्रम शुरु भएको छ ।” प्रहरी प्रमुख कुँवरले बताउनुभयो, “सबैजसो बैंकमा खाता खोल्ने र नेपालदेखि भारतसम्म नै सञ्जाल रहेकाले अनुसन्धानको दायरामा धेरैको संलग्नता देखिएको छ ।”

उहाँका अनुसार पक्राउ परेका घिमिरेको बयानको आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका–२१ का अमिर शाक्यलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।

उनीहरु पक्राउ परेको जानकारी पाएपछि पीडितबाट उजुरी संकलन शुरु गर्ने क्रममा पोखराका अस्मी गुरुङले ‘आफू पनि ठगिएको’ भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत चिठ्ठा परेको भन्दै इमोमार्फत यसअघि यहाँको तार्केश्वर गाउँपालिका–१, दाङसिंका दुई युवासँग पनि रु दुई लाख ४५ हजार ठगी भएको थियो । उनीहरुलाई ठगी गर्ने पनि अहिले पक्राउ परेका व्यक्ति नै हुनसक्ने प्रहरीको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा
प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ
प्रधानमन्त्रीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने पाथिभरा अनलाइन डटकमका सम्पादक पक्राउ
सुनकोशीमा जीप खस्दा तीन बेपत्ता
सुनकोशीमा जीप खस्दा तीन बेपत्ता
चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाको खोप बनाउने क्यारिको र वाइसम्यानलाई
चिकित्सा क्षेत्रको नोबल पुरस्कार कोरोनाको खोप बनाउने क्यारिको र वाइसम्यानलाई
धादिङमा ट्रक र ट्रिफर ठोकिदा यसरी लाग्यो आगो !
धादिङमा ट्रक र ट्रिफर ठोकिदा यसरी लाग्यो आगो !
बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित
बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित
सुरु भयो सामाजिक सुरक्षा कार्यक्रम, यस्ता छन् दस नारा
सुरु भयो सामाजिक सुरक्षा कार्यक्रम, यस्ता छन् दस नारा
एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड
एकताबाट पछि हटे भयंकर दुर्भाग्यः प्रचण्ड
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता
प्रदेशको नाम राख्ने बिषयमा चर्चा,बहस र संबादमा तीब्रता