पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो अनिवार्य लगाउनुपर्ने !
सारांश
- भोजपुर, २३ जेठ ।
- भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई राष्ट्रिय पोशाक अनिवार्य लगाउन भनिएको छ।
- गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराएका हुन्।
भोजपुर, २३ जेठ । भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई राष्ट्रिय पोशाक अनिवार्य लगाउन भनिएको छ।
गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराएका हुन्।
गाउँपालिकालाई अनुशासित र मर्यादित बनाउन राष्ट्रिय पोसाक पुरुषले दौरा सुरुवाल र महिलाले साडी चोलो अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको हो।
सबै निर्वाचत जनप्रतिनिधि र कर्मचारीले सरकारले तोकेको राष्ट्रिय पोसाक नलगाए बैठक नै स्थगित गरिने अध्यक्ष कार्कीले बताए।
औपचारिक कार्यक्रममा जाँदासमेत राष्ट्रिय पोशाक लगाउनुपर्ने नियम राखिएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Lila Bikram Baral
good job , सुन्दा खुशी लाग्यो !