डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
सारांश
- काठमाडौं , २३ जेठ ।
- डिस होमको एक्सन स्पोर्ट्स च्यानलले रसियामा हुने विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने भएकाे छ ।
- जुन १४ देखी जुलाइ १५ सम्म रुसमा हुने विश्कप फुटबलको नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण हुने डिस होमले बताएकाे छ ।
काठमाडौं , २३ जेठ । डिस होमको एक्सन स्पोर्ट्स च्यानलले रसियामा हुने विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने भएकाे छ ।
जुन १४ देखी जुलाइ १५ सम्म रुसमा हुने विश्कप फुटबलको नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण हुने डिस होमले बताएकाे छ ।
डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्रथामिकतामा राख्दै कमेन्ट्रीसहितको प्रत्यक्ष प्रसारण वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारले गर्ने जनाएकाे हाे ।
डिस होमले खेल सुरु हुनु अघि र खेल पछि पनि विभिन्न कार्यक्रमहरु प्रसारण गर्नेछ । खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरुपनि आबद्ध हुँदैछन् ।
त्यसैगरी डिस हाेमले यसै सम्बन्धि प्राेमाेसन भिडियाे सार्वजनिक गरेकाे छ ।
प्रोमोसन भिडियोमा पूर्व राष्ट्रिय कप्तान हरि खड्का, गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर विक्रम लामा, कप्तान विराज महर्जन लगायतका खेलाडीहरुको उपस्थिति रहेकाे छ । फुटबल बाहिरका विशेष अतिथिहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राई लगायतका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने डिस हाेमले जानकारी गराएकाे छ । फुटबलको महाकुम्भ नामक भिडियो मा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । उक्त भिडियाे नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गित पनि हो ।
नेपालका लागि अधिकारिक प्रसारण डिस होम एक्सन स्पोर्ट्स, नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनले गर्दै छन् ।
हेर्नुहाेस भिडियाे
Karki Rajendra
ल बधाई छ । आफू त अग्रेजी नबुझ्ने परियो ?