मापसे गरेर बस चलाउछन पर्यटक बसका चालकहरू !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
मापसे गरेर बस चलाउछन पर्यटक बसका चालकहरू !

सारांश

  • काठमाडौँ, २४ जेठ ।
  • जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज१प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे ।
  •  जेठ २० गते राति ८ः१५ बजे २५ यात्रु बोकेर काठमाडौँबाट बागलुङ जान लागेको ध१ख ६१३ नंको बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा प¥यो ।

काठमाडौँ, २४ जेठ । जेठ २१ गते काठमाडौँबाट ४० पर्यटक बोकेर पोखरा हिँडेको ज१प १६० नंको पर्यटक बसका चालक मापसे गरेकाले ट्राफिक फन्दामा परे । जेठ २० गते राति ८ः१५ बजे २५ यात्रु बोकेर काठमाडौँबाट बागलुङ जान लागेको ध१ख ६१३ नंको बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा प¥यो ।
सोही दिन राति ८ बजे काठमाडौँबाट ३५ यात्रु बोकेर भैरहवाका लागि हिँडेको ना६ख १०८० नंको यात्रुबाहक बस कलंकीमा ट्राफिक प्रहरीको कारवाहीमा प¥यो ।

जेठ २२ गते साँझ ४ः३० बजे काठमाडौँबाट ४० जना यात्रु लिएर बागलुङ जान लागेको बा५ख १५५४ नंको बस ट्राफिक प्रहरीको फन्दामा प¥यो ।

सोही दिन साँझ ८ः३० बजे काठमाडौँबाट ३० जना यात्रु लिएर विराटनगर जान लागेको ना६ख १५६१ नं को बस जाँचका क्रममा ट्राफिक प्रहरीको फन्दामा प¥यो ।

यी त केबल प्रतिनिधि घटनामात्र हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले तीन दिनमा सातजना रात्रिकालीन बस चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएकाले नियन्त्रणमा लिएको छ ।

चालकको लापरवाहीका कारण वर्षेनी हजारौँ यात्रु दुर्घटनाको शिकार बनिरहेका छन् । सोही घटनालाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले रात्रिकालीन बस जाँचका घटनालाई कडाइ गरेको छ ।

महाशाखाले नियन्त्रणमा लिएका रात्रिकालीन बस चालकलाई सार्वजनिक मुद्दा चलाएको छ भने सम्बन्धित समितिबाट नयाँ चालक झिकाएर यात्रुलाई गन्तव्यस्थलसम्म पुग्ने वातावरणसमेत मिलाएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त रात्रिकालीन बस चालकले मापसे गरी सवारी चलाएको भन्ने जनगुनासो आएपछि महाशाखाले रात्रिकालीन सवारी साधनलाई कडाइका साथ जाँच गरेको बताउनुहुन्छ । “एउटा चालकको लापरवाहीका कारण कोही पनि यात्रु दुर्घटनाको शिकार नबनुन् भन्ने हाम्रो प्रमुख लक्ष्य हो”, उहाँ भन्नुहुन्छ ।

महाशाखाले चालू आर्थिक वर्षको अहिलेसम्म ७९ रात्रिकालीन बस चालकलाई नियन्त्रणमा लिएर कारवाही गरिसकेको छ ।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष प्रह्लाद लोहनी मापसे गरी सवारी चलाउने पर्यटक बस चालकलाई कडा कारवाही गर्नुपर्ने बताउनुहुन्छ ।

“पर्यटक बसले स्वदेशीमात्र नभएर विदेशी पाहुनासमेत बोक्ने हुँदा चालक भद्र र नरम हुनुपर्छ, जथाभावी गर्ने चालकले पर्यटक बस चलाउन पाइँदैन”, उहाँ भन्नुहुन्छ ।

उहाँले पर्यटक बस चलाएर मापसे गर्ने चालकमाथि अनुसन्धान भइरहेको बताए ।

महाशाखाले काठमाडौँ उपत्यकामा चालू आवको १० महिनामा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाएका तीन लाख ७८ हजार ९२७ चालकलाई कारवाही गरेको छ । जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने २६ हजार १९७ जना रहेका छन् ।

(texasautotrim.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो
कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
काँग्रेसमा पदाधिकारी नबढाउने प्रस्ताव (विधानको पूर्ण पाठसहित)
काँग्रेसमा पदाधिकारी नबढाउने प्रस्ताव (विधानको पूर्ण पाठसहित)
सखिमा पुर्णिामाको रात एमाले कांग्रेस मारामार ,
सखिमा पुर्णिामाको रात एमाले कांग्रेस मारामार ,
जोखिमका बीच पनि विद्यालय खुल्दै
जोखिमका बीच पनि विद्यालय खुल्दै
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
शुल्क र महसुलमा १० गुणा बृद्धि, साउन ७ सम्म परिमार्जन नगरे आन्दोलनको चेतावनी
शुल्क र महसुलमा १० गुणा बृद्धि, साउन ७ सम्म परिमार्जन नगरे आन्दोलनको चेतावनी
फिल्म ‘श्रीदेवी बंगलो’ झन चर्चामा
फिल्म ‘श्रीदेवी बंगलो’ झन चर्चामा
अनमोल केसीले लिए १ करोड पारिश्रमिक !
अनमोल केसीले लिए १ करोड पारिश्रमिक !
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण

तपाईंले छुटाउनुभयो कि?