कोरियन भाषा परीक्षामा ४७ जना नक्कली विद्यार्थी पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
कोरियन भाषा परीक्षामा ४७ जना नक्कली विद्यार्थी पक्राउ

सारांश

  • काठमाडौं, जेठ २७ – महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार भएको कोरियन भाषा परीक्षामा नक्कली विद्यार्थी पक्राउ गरेको छ ।
  • ९औं कोरियन भाषा परीक्षामा सहभागीहरुले ४७ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो ।
  • इपिएस भाषा परीक्षा पास गरी कोरिया जाने लोभमा आफन्त, नजिकका व्यक्तिका नामबाट परीक्षा दिंदै गरेकाहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं, जेठ २७ – महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार भएको कोरियन भाषा परीक्षामा नक्कली विद्यार्थी पक्राउ गरेको छ । ९औं कोरियन भाषा परीक्षामा सहभागीहरुले ४७ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो । इपिएस भाषा परीक्षा पास गरी कोरिया जाने लोभमा आफन्त, नजिकका व्यक्तिका नामबाट परीक्षा दिंदै गरेकाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जेभियर इन्टरनेशनल स्कुल, बौद्धबाट १३ जना, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतलीबाट एक, भिएस निकेतन तीनकुनेबाट ११, नोवेल एकेडेमी नयाँ बानेश्वरबाट पाँच, युनिभर्सल कलेज, मैतीदेवीबाट पाँच, जेभियर इन्टरनेशनल कलेज, कालोपुलबाट चार र टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट आठजनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।

महानगरी प्रहरी परिसर काठमाडौंका अनुसार ७ वटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?