मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • शिखरन्युज, ४ असार – छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
  • सप्तरी र चितवनमा दुर्घटनामा हुँदा दुई दुईजनाको मृत्यु भएको हो ।
  • भरतपुर महानगरपालिकाको देवनगर सडकमा मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

शिखरन्युज, ४ असार – छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सप्तरी र चितवनमा दुर्घटनामा हुँदा दुई दुईजनाको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिकाको देवनगर सडकमा मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ना २१ प ७१८४ नम्बरको मोटरसाइकलमा चढेका भरतपुर महानगरपालिका–१५ फूलबारीका विकास विकको मृत्यु भएको हो । उनको हिजो राति उपचारका क्रममा राति भरतपुर अस्पतालमा मृत्यु भएको हो । देवनगरबाट गीतानगरतर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुंगामा हिजो साँझ मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा सिरहा लहान नगरपालिका–८ बस्ने ६० वर्षीय रमाकान्त चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प ९००९ नम्बरको मोटरसाइकललाई विपरीतबाट आउँदै गरेको को १ ख ४९३८ नंको मिनी ट्रकले ठक्कर दिएको थियो ।

(brandxhuaraches.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महँगा विद्युतीय गाडीलाई छुट नदिइने
महँगा विद्युतीय गाडीलाई छुट नदिइने
उपराष्ट्रपतिका खसमको ओठमा अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि……..
उपराष्ट्रपतिका खसमको ओठमा अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि……..
देउवाले प्रधानमन्त्री भएपछि निधिलाई उपसभापति बनाउने !
देउवाले प्रधानमन्त्री भएपछि निधिलाई उपसभापति बनाउने !
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ
काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ
सिरहाकाअर्का एक युवाको भारतमा गोली हानी हत्या
सिरहाकाअर्का एक युवाको भारतमा गोली हानी हत्या
नेत्रविक्रम चन्द्र समूहद्वारा स्काभेटरमा आगजनी
नेत्रविक्रम चन्द्र समूहद्वारा स्काभेटरमा आगजनी
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।
जापानको एक रेष्टुरेन्टको विश्वभरी चर्चा, जहाँ बादँरलाई राखिएको छ वेटर
जापानको एक रेष्टुरेन्टको विश्वभरी चर्चा, जहाँ बादँरलाई राखिएको छ वेटर
असोज ११ गते आइतवारको राशिफल यस्तो छ
असोज ११ गते आइतवारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?